प्रेमराजाको उपहारले अमेरिका र युरोपमा तहल्का

  prem raja mahat 1            

नेपालमा भने उनको अर्कै पहिचान छ । करिब दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएपनि नेपालका रेडियो र टेलिभिजनमा नेपालमा अझै पनि उनका दर्जनौं गीत घन्कन्छन् । पानको पात…, बाँझेखेतमा…, हिउँचुलीमा हिउँ…, सालैको पातैले… र हरियो डलर… लगायतका उजर–अमर गीतका धनी प्रेमराजाले जीवनसंगिनीका लागि उपहार स्वरुप नयाँ एल्बम ल्याएका छन्, ‘तिम्रो बोली’ ।

बिहेको २५ औं वर्षगाँठका अवसरमा मेरिल्याण्डको बाल्टिमोरमा केही समय अघि आयोजित भव्य समारोहमा प्रेमराजाले सयौं शुभचिन्तकहरुमाझ सरप्राइज उपहारका रुपमा जीवनसंगिनी कवितालाई यो एल्बम समर्पण गरेका थिए । जसले छोटो समयमै अमेरिका र युरोपमा तहल्का पिटेको छ ।

प्रेमराजाले आफ्नी जीवनसंगिनीप्रतिको प्रेमलाई शब्दजालमा यसरी बुनेका छन् :

आज भोलि तिम्रो बोली मिठो लाग्दछ,

अझै तिम्रो माया पाउँदा दुःख भाग्दछ

जीवनसंगिनीप्रतिको सम्मानमात्र होइन, आफ्नो जीवन भोगाइलाई समेत यथार्थमा पस्केका छन् उनले, यसरी :

सुख पर्दा आफन्तका मिठा मिठा बात

दुःख पर्दा तिमी बाहेक हुन्नन् कोही साथ

आजभोलि…

जीवनका कठिन दिनमा जीवनसंगिनीले दिएका साथप्रति प्रेमराजा सँधै ऋणी छन् । त्यसैले विगतलाई यसरी स्मरण गर्छन् उनी :

न त माग्यौ मिठो खान, न त राम्रो लाउन

सँधैभरि व्यस्त भयौ, बालबच्चा हुर्काउन

आजभोलि…

 

दुई छोरा र दुई छोरीका धनी प्रेमराजाले आफ्ना सन्ततिलाई पनि एल्बममा सम्झेका छन् ।

 

बगैंचाका सुन्दर फुल, हाम्रा छोराछोरी

तिम्रो सुःख हेर्न पाउँ सारा जुनीभरि

आजभोलि…

जीवनसंगिनीका नाममा यो एल्बम निकाल्ने सोच कसरी फु¥यो त ? प्रेमराजा भन्छन्, ‘धनाढ्यले आफ्नी श्रीमतीलाई धनधौलत दिन्छन्, तर म त गायक परें, उनलाई मैले मैरे गीतसंगीत समर्पण गरें ।’

देश–विदेशमा छरिएका स्वदेशी तथा विदेशी स्रोता र दर्शकका माझमा एक सफल कलाकारको रुपमा उभिन जीवनसंगिनी कविताकै ठूलो देन रहेको प्रेमराजा बताउँछन् ।

छोटो अवधिमै प्रेमराजाको यो एल्बमको सिडी अमेरिका र युरोपमा एक हजार भन्दा बढी बिक्री भइसकेको छ । जुन अमेरिका र युरोपकै नयाँ रेकर्ड हो ।

संगीतकार बीबी अनुरागीको प्रिज्मा स्टूडियो र गायक÷निर्देशक नारायण रायमाझीको रिमा रेकर्डिङ स्टूडियोमा रेकर्डिङ एवं सम्पादन गरिएको यस एल्बममा १२ वटा गीत समावेश छन् । जसमा कलाकार हरिबंश आचार्यको स्वरबद्ध ‘खोक्रो सारंगी…’ बोलको अर्को गीत छ । नेपालको समसामयिक राजनीतिक परिवेशलाई बुनेर तयार पारिएको यो गीतलाई स्रोताहरुले अत्याधिक रुचाएका छन् । एल्बमको नेपालमा औपचारिक रिलिज भने हुन बाँकी छ ।

यसो त प्रेमराजाका सन्तति पनि उनकै बाटोमा छन् । अमेरिकामै डाक्टर पढिरहेका ठूलो छोरा सरगम नेपाली म्युजिक भिडियोमा मोडलिङ गर्छन् भने छोरी समिक्षा गायिका हुन् ।

prem raja mahat 2

Leave a Reply