बाना सांस्कृतिक साँझ

bana 5

विजय थापा

अमेरिका ,म्यारिल्याण्ड ,अप्रिल ३० ,बाना(बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका )ले नया बर्ष २०७० को अवसरमा म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा सांस्कृतिक साँझ तथा शुभकामना आदान प्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ lबानाले हरेक बर्ष नया बर्षमा कार्यक्रम गर्दै आई रहेको छ भने यस लाई निरन्तरता दिदै यहि अवसरमा भर्खरै  नेपाल र नेपालीको शिर उच्च पारी गिनिज पुस्तकमा सबै भन्दा लामो टेली भिजन अन्तरवार्ता दिई नाम दर्ता गराउनु हुने संचारकर्मी रवि लामिछानेलाई भब्यताको साथ अमेरिकामा पहिलो पटक स्वागत गर्दै सम्मान गरेको छ l

bana 3

अरु समयको भन्दा फरक शैलीमा गरिएको कार्यक्रम रहेको थियो भने गिनिज पुस्तक ईतिहास रच्ने संचार कर्मी रवि लामिछानेले सम्मान पाएकोमा कृतज्ञता ज्ञापन गर्दै र खुशी व्यक्त गरेका छन l सबैको सहयोग र सद्भाव रहेकोमा आफुले यो लक्ष्य प्राप्त गरेको जनाएका छन् lनेपाल दूतावासका उप नियोग प्रमुख अर्जुन कान्त मैनालीले लामिछानेलाई सम्मान गर्नु भएको थियो भने प्रमुख अतिथिले रवि लामिछानेलिई बधाई दिदै र बाना परिवारलाई धन्यबाद दिनु भएको थियो lमन्तब्यलाई छाटकाट गरि वक्ताहरु कम राखिएको सो कार्यक्रममा पुन बानामा अधक्ष्य पदमा निर्वाचित हुनु भएका समाजसेवी तथा ब्यबसायी विजय श्रेष्ठले शुभकामना मन्तब्य गर्नुको साथै अब नया काममा लाग्नु पर्ने हुदा बिगतका कुराहरुलाई बिर्सेर सबै लाई समाज निर्माणमा र सेवामा समर्पित हुन् आग्रह गर्दै एक ढिक्का हुन् आब्हान गर्नु भएको छ l

bana 2

कार्यक्रममा भब्य सांस्कृतिक साँझ राखिएको थियो भने कार्यक्रममा समुदायक सबै वर्गका समुदाय सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो l गीत ,नृत्य तथा बिभिन्न कार्यक्रम साँझ देशी मध्ये रात सम्म भब्यताको साथ मनाईएको थियो भने सांस्कृतिक साँझमा सहभागी हुने नया कलाकार तथा नेपालका ख्याती प्राप्त कलाकारहरुले वातावरण तताएका थिए ,lकलाकारहरु युरिका सिग्देल ,श्याम गुरुङ , दीपा गुरुङ ,पुजा जोशी ,सुर्य राजभण्डारी ,रमण श्रेष्ठ ,नेपालका प्रसिद्ध गायक संजीव प्रधान ,गरिमा केसी ,पविता प्रधान ,प्रतिभा गुरुङ ,दिनेश भण्डारी ,ख्याती प्राप्त गायिका सरिश्मा अमात्य ,रियाँ अमात्य ,नेपालकी सु-प्रख्यात वरिस्ठ गायिका मीरा राना  तथा भगवान भण्डारीले भरपुर मनोरंजन प्रदान गराएका थिए l

bana 6

कार्यक्रमको संचालनलाई नया प्रतिभाहरुलाई  उच्च प्राथमिकता दिने र हौसला प्रदान गर्ने हेतुले बाना ले कार्यक्रम संचालनको जिम्मा  अर्जुन सुबेदी ,दीपा पौडेल तथा संदेश खडका दिएको थियो र कार्यक्रम संचालकहरुले पालै पालो कार्यक्रम गरेका थिए l

 

Leave a Reply