बुद्ध जयन्तिको लागि प्रवचन दिन लन्डनबाट वाशिंगटन डिसी 

basant 1

 
जेष्ठ  २ ,भर्जिनिया 
विजय थापा 
 
डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड स्थित नेपाली पशुपति बुद्ध मन्दिरमा २५५८ औं बुद्धजयन्ती भव्यताको साथ मनाईएको छ l  उक्त अवसरमा अस्वीकृत बिचार -साहित्य आन्दोलनका अभियन्ता तथा बुद्धको जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यास महाभिमीस्क्रमणका अस्वीकृत पाईला लेख्ने उपन्यासकार कविताराम श्रेष्ठ (बिध्या वारिधि )वाशिंगटन डिसी आई बुद्ध सम्बन्धि पताका र स्तुपाको बिस्तृत ब्याख्या दिनु भएको छ l
 
बुद्ध सम्बन्धि प्रवचन दिन लन्डनबाट अमेरिका आएका श्रेष्ठ २०३१ साल तिरका बुट पालिस आन्दोलनका सशक्त अभियन्ता पनि हुन् भने उक्त कार्यक्रममा साहित्यकार बसन्त श्रेष्ठले बुद्धको संक्षिप्त जीवनी र उनको चार आर्य सूत्रको बारेमा बिस्तृत रुपमा ब्याख्या गरेका थिए l हरेक बर्ष बुद्ध जयन्तिको अवसरमा बुद्ध जयन्ति मनाउदै आएको पशुपति बुद्ध मन्दिरमा यस बर्ष श्री बुद्धरत्न महर्जन संयोजक र प्रबीन ताम्राकारको सहसंयोजनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा कविता राम श्रेष्ठलाई बनाईएको थियो l 
 
उक्त कार्यक्रममा डिसी महानगर क्षेत्र वरीपरिका जन समुदायको उपस्थिति रहेको थियो भने सो बुद्ध जयन्ति समारोहमा श्रद्धालु भक्तजनहरुबाट भजन किर्तन गरिनुको साथै र प्रसाद वितरण समेत गरिएको थियो | आयोजक नेपाल परम्परागत बौद्ध धर्म संघले प्रत्येक हप्ता बुद्ध सम्बन्धी ध्यान र प्रबचन समेत गर्ने गरेको छ l

 

Leave a Reply