बुद्ध तिमी कहाँ छौ

बुद्ध ,

आज बल्ल फुर्सद मिल्यो मलाई ,

तिम्रो धेरै याद आयो ,

तिमीले सिकाको बाटो हरु सम्झन मन लाग्यो ,

तिम्रो मन्त्र मा एक छिन मन्त्र मुग्द मन लाग्यो ,

बुद्ध तिमी कहाँ छौ ?

तिम्लाई एक छिन भेट्न मन लाग्यो ।

बुद्ध मलाई माफ गर ,

तिम्रो सम्झना मलाई बर्ष मा एक दिन मात्र आउछ,

तिमी छौ भन्ने कुरो पात्रो ले मात्र सम्झाउछ ,

के गर्ने बुद्ध म साह्रै स्वर्थी भको छु ,

तिम्रो याद मलाई जयन्ती मा मात्र आउछ ।

म पापी हुँ

तेइ भएर मेरो मन मा तिमी छैनउ

तिम्लाई हिन्सा मन पर्दैन ,

म त पैसा तिरेर हिन्सा हेर्न जान्छु

तिमी कुटिलता जान्दैनो

म त बर्षइ भरी कुटिलता पालेर बस्छु

एल्लाई कसरी पछाडि पारु ?

एस्को खुट्टा कसरी तानु ?

यो भन्दा अगाडि म कसरी बढु ?

म त मेरो समय अरु को कुभलो मा बिताउछु ,

तेइ भएर त म पापी हुँ र त तिमी मेरो मन मा छैनउ,

बुद्ध तिमी कहाँ छौ ?

मैले सुनेको लुम्बिनी बाट तिमी हिंडि सक्यौ रे ,

लुम्बिनी हिजो आज मधेस र थारु को युद्ध मा चौपट छ रे ,

त्यो देखेर तिमी लुसुक्क कसैलाई नभनी राती हिंडेउ रे

बुद्ध तिमी त्यहाँ बाट भागी सक्यौ रे !

तिम्लाई काठमाडौं मा देखे भन्ने पनि भेटे मैले ,

बौद्ध र स्वयम्भु मा देखा परेउ रे ,

पहेलो बस्त्र मा तिमी मन्त्र जप्दै थेउ रे,

अनी एक्कासी बम को आवाज ले तिमी झस्केउ रे ,

अनी फेरी तिमी त्यहाँ बाट पनि बेपत्ता भएउ रे ।

तिम्लाई शान्त चाहिन्छ तर त्यहाँ शान्ती छैन ,

तिम्लाई प्रेम चाहिन्छ तर त्यहाँ प्रेम छैन ,

तिम्लाई अहिन्सा चाहिन्छ बुद्ध तर त्यहाँ बम बाहेक केही छैन,

तेइ भएर तिमी सबै को प्यारो राजधानी छोडेर हिंडेउ रे ।

बुद्ध तिमी कहाँ छौ ?

मैले बोध गया मा नि बुझे,

त्यहाँ तिमी कहिल्यै फर्केनौ रे ,

तिम्रो जन्म स्थान नै नक्कली बनयो भनेर दु:ख मानेउ रे ,

तिम्ले तेसो गर्न नहुने पो थियो कि भनेर अशोक लाई नि भनेउ रे

तर अशोक हिजो आज ब्यस्त छ ,

उ अग्नी को परिक्षण गर्दै छ ,

उस्लाई धर्ती मा बसेर आकाश को मिसाइल खसाउनु छ ,

त्यहाँ केबल घृणा छ , तेइ भएर तिमी त्यहाँ छैनउ ,

बुद्ध तिमी कहाँ छौ ?

मैले सुनेको तिम्लाई अमेरिका लगेर बेचे रे ,

कुन पापी ले तिम्लाई झुक्याएर बेहोसी मा अमेरिका लगेर –

टाईम वार्नर को ठुलो घर मा लगेर लीलामी गर्‍यो रे,

बजार को बिकाउ बस्ती जस्तै तिमी मा मोल चढाई भयो रे,

तिम्लाई त अमेरिका मा सामान सरि बेच्न राखे रे ,

बुद्ध तर मलाइ थाहा छ तिमी त्यहाँ पनि छैनउ ,

अमेरिका त आँफै मा आतंक हो ,

हिन्सा को परीभाषा हो ,

बिनासकारी हो ,

अनी तिम्लाई त बिनास मन पर्दैन ,

हिन्सा तिम्रो कतै छुदैन ।

कुनै खरबपती ले आफ्नो घर मा सजाउन राखेको बाकस बाट सुटुक्क निस्केर हिंडेउ रे ,

किन कि तिमी स्वतन्त्रता मा विश्वाश गर्छौ कुनै सिसा ले तिम्लाई छेक्दैन रे ।

तेइ भएर तिमी त्यहाँ छैनउ रे ,

बुद्ध तिमी कहाँ छौ ?

शायद मैले ग्रन्थ मा पढेको ,

मेरा बा ले भनेको सुनेको ,

तिमी कतै ठुलो आकाश मा तीन तारा भनेर बसेको छौ होला ,

तिम्लाई चाहेको जस्तो शान्ती त्यहाँ मात्र छ ,

किनकी त्यहाँ मानब छैन ,

तेइ भएर त त्यहाँ शान्त छ ,

तर कैले सम्म थाहा छैन ,

कुनै दिन मानिस ले फेरी प्रगती गर्ला

ठुलो मा ठुलो हतियार बनाउला ,

तिमी बसेको तारा पनि झार्ला

अनी फेरी तिमी कहाँ जान्छौ बुद्ध

तिमी अर्को बास्स्थान खोज्दै गर है ,

मानब दानब भैसक्यो भन्ने कुरा याद राख है ,

बुद्ध तिमी फेरी अर्को ठाउँ खोज है ।

Leave a Reply