भूगोलको नेपालबाट हिडेको तर भावनाको नेपालमा आई पुगेको :राजेन्द्र लिंग्देल

nrn dc 042
माघ ४ ,डिसी
विजय थापा

राप्रपा नेपालका केन्द्रिय सदस्य तथा पुर्वान्चल संयोजक राजेन्द्र लिंग्देल छोटो समयको लागि अमेरिकाको भ्रमणमा रहेको अवसरमा वाशिंगटन डिसीमा दलको धारणा अमेरिकामा रहेका प्रवाशी नेपाली समुदायलाई यस्तो संदेश दिए

प्रवाशी नेपाली एकता समाज न्युयोर्कले आयोजना गरेको पृथ्वी नारायण शाहको जन्म जयन्ति तथा राष्ट्रिय एकता दिवसमा सहभागी हुन अमेरिका आएको जानकारी दिए l

आफु छोटो समयको लागि आएको बताए ,माघ ८ गते संबिधान बन्छ या बन्दैन भन्ने सवालमा माघ ८ गते संबिधान नबन्ने करिब टुंगो लागेको बताए l

राप्रपा नेपालले आयोजना गरेको रथ यात्रामा मानव सागर उर्लिएको बताउदै त्यो व्यापक सफल भएको दाबि गर्दै त्यो सकेर आफु अमेरिका लागेको बताए l

पौष ९ गते देखि पौष १८ सम्म भएको रथ यात्रा मेची देखि महाकालीको यात्रा गर्दै पशुपतिनाथ सम्मको यात्रा गरेको बताए l

हिन्दु राष्ट्र पुनर्स्थापन रथ यात्रा संकल्प गरेका थियौ भने त्यस्को मुख्य उदेश्य समयमा संबिधान ,संबिधानमा सर्व धर्म सद्भाव ,पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र देखाउनको लागि जन दबाबको सिर्जना गरेको बताए l

डिसी महानगर क्षेत्रमा आयोजना भएको एन आर एन अमेरिकाको अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै गैर आवासीय नेपाली संघको बारेमा राप्रापा नेपाल मात्र यस्तो दल हो जसले आफ्नो चुनावी घोषणा पत्रमा प्रवासी नेपालीको हक र हित लागि ३ वटा अवधारणा स्पस्ट उल्लेख गरेको बताए l

३ बुदे अवधारणमा पहिलो ,गैर आवासीय नेपालीलाई नागरिकताको प्रमाण पत्र तथा राहदानी उपलब्ध गराउने ,दोश्रो कारोबार ,आवगमन ,उद्योग ब्यापारमा सहजता उपलब्ध गराउने ,तेश्रो दुनियाको जुनै पनि ठाउँमा गैर आवासीय नेपाली बसे पनि मतदानको अधिकार दिन पाउनु पर्ने कुरा रहेको स्पस्ट रहेको बताए l

संबैधानिक राजतन्त्र बारेमा यसो भने “राजा सहितको प्रजातन्त्र तथा सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको अवधारणा सहित नेपाली राजनीतिमा अगाडी बढी रहेको अभिव्यक्ति दिए l

दुनियाका कुनै ठाउँमा बसी रहेका सबै नेपालीलाई अपिल गर्दै भने ” ६२ /६३ पछि जो गणतन्त्र ,धर्म निरपेक्ष ,संघियता जबर्जस्ति लादिएको छ त्यो नेपाली जनताको सहमति बिपरित ,नेपाली जनताको चाहना बिपरित ,लोक परम्परा बिपरित ,प्रजातान्त्रिक पद्धति बिपरित केहि सिमित दलका नेताहरुको मनो आंकाक्षा तथा विदेशीहरुका चाहनामा लागिएको हो भने l

अमेरिकामा आउनु भन्दा अगाडी अमेरिकामा रहेका प्रवासी नेपालीहरुको बारेमा कस्तो धारणा रहेको थियो र कस्तो पाउनु भो भन्ने सवालमा लिंग्देलले यसरि जवाफ दिए l

अमेरिकामा उनले अगाडी सहभागी भएका कार्यक्रममा नेपाली दाजुभाई तथा दिदि बहिनिहरुलाई भन्ने गरेको शब्द दोहोर्याउदै भने आफु भूगोलको नेपालबाट हिडेको थिए तर अहिले भावनाको नेपालमा आई पुगेको छु बताए l

अन्त्यमा अमेरिकाका प्रवासी नेपालीलाई एकताको लागि संदेश दिदै सदैब एक जुट हुन् आग्रह गरे l

Leave a Reply