मानब मलमूत्रको बैकल्पिक उर्जाले सात लाख घर लाभान्वित हुने 

chaitany dai         
विजय थापा ,वाशिंगटन 
 
गत बैशाख १२ गते गएको महा विनासकारी भूकम्पबाट करिब ५ लाखको हाराहारीमा सरकारी तथा निजि भवनहरुपूर्ण रुपमा ध्वस्त भएका र अरु २ लाख जति भवनहरु आंशिक क्षति भई पुनर्निर्माण गर्नु पर्ने अपरिहार्य छ l
 
अब निर्माण हुने सबै नया भवनहरुका शौचालयको निर्माणमा वातावरण मैत्री ,बैकल्पिक उर्जा साथै व्यक्ति देखि बिश्वलाई फाईदा हुने प्रकारको बैकल्पिक उर्जा (मिथेन ग्यास )को उत्पादन गर्न सकिने खालको शौचालय निर्माण गर्नाले ७ लाख घर लाभान्वित हुने कुरा झापा बिर्तामोड निवासी चैतन्य प्रकाश मैनालीले दाबी गरेका छन् l
 
बिगत १२ बर्ष देखि बैकल्पिक उर्जा (मिथेन ग्यास )को प्रबिधि प्रयोग गरि झापा जिल्लामा ५ सय घर ,पाठशाला ,महा बिद्यालय ,सार्बजनिक शौचालय ,अस्पतालमा सफलता पुर्वक निर्माण गरि सकेको श्री आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार मैनालीले उक्त जानकारी दिएका छन् l
 
बैकल्पिक उर्जा (मिथेन ग्यास )शौचालय सम्बन्धि उक्त संस्थाको तर्फबाट प्रधान मन्त्रि ,नेपाल सरकारमा संलग्न सबै माननीय मन्त्रीहरु ,सबै राजनैतिक दलका प्रमुख ,बिपक्षी दलका सबैलाई पत्राचार गरि सकेको बताएको छ l
 
सोमबार चैतन्य प्रकाश मैनालीले संसदमा यस बिषयमा जानकारी गराउने हेतुले प्रस्तुति समेत रहने काठमाडौँबाट वाशिंगटन डिसीबाट संचालित ईनेपलिज़ डटकमलाई बताए l
 
मैनालीले अगाडी भने यो प्रबिधिबाट बनाईएका शौचालयमा सेफ्टी ट्यांकवाला शौचालय भन्दा ५० प्रतिसत सस्तो , तथा वातावरण मैत्री साथै स्वास्थ्यप्रद हुने बताए l यसै गरि यो प्रबिधि द्वारा निर्माण गरिएको शौचालयबाट बैकल्पिक उर्जा प्राप्त गर्न सकिनेको साथै २ बर्ष भित्र लगानीको बराबरको उर्जा प्राप्त हुने बताए l
 
सबै भन्दा महत्वपूर्ण फाइदा भनेको यो प्रबिधि प्रयोग गर्दा ढल नगनाउने ,कार्बन विस्थापन गरे वापत देशले यथेष्ठ फाइदा प्राप्त गर्नुको साथै शौचालयको आयु आरसीसी घरको आयु भन्दा ज्यादा हुने बताए l
 
र अझ महत्वपूर्ण कुरा भनेको यो प्रबिधिले बनाईएको शौचालयमा कहिल्यै सफाई गर्नु नपर्ने र मानव मुत्र द्वारा निर्माण गरिएको शौचालय बाट ९८ प्रतिसत मिथेन लगायत बिभिन्न ग्यास प्राप्त हुने बताउदै चौपायाको मलमूत्र बाट भने केवल ४० प्रतिसत मात्र मिथेन ग्यास प्राप्त हुने जानकारी दिए l
 
उने थप जानकरी गराउदै आम मानिसहरुको निजि घर जुन घरमा १ दिनमा ५० जना सम्मले शौचालय प्रयोग गर्ने गर्छन त्यो घरमा २ घना मिटरको मिथेन ग्यास प्लान्ट भए काफी हुने बताए l
 
यो प्रबिधि अझ नेपाली सेना ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,सार्बजनिक सरकारी कार्यालयको शौचालय,बिद्यालय ,संघ तथा सस्थाका शौचालयमा लगाउन सके मानव जाति कै हित हुने बताए l
 
के हो त् मिथेन ग्यास ? मैनालीले यसरी अर्थयाउने जमर्को गरे  l
 
उनले भने मिथेन ग्यास एक प्रकारको ज्वलनशील ग्यास हो l झारपात ,परालका साथी गाई वस्तुको मलमूत्र ,मानिसको दिश पिशाबबाट र शहरको फोहोर मैलामा रहेको जैवाणुक पदार्थको बिगलन भएर प्राप्त हुने ग्यास नै मिथेन ग्यास हो lयसलाई वायोग्यास भनिन्छ भने l
 
अगाडी उनले भने यो उग्राउने (साकाहारी ) जनावरको पेटमा सामान्य अवस्थामा पनि केहि अंशमा पाईन्छ l जैवाणुक पदार्थमा मेथेजेनिक सुक्ष्म जीवाणुको प्रभावले सडन क्रियाबाट यो ग्यास उत्पादन हुन् थाल्छ l
 
उनले यो प्रबिधिमा केहि साबधानी अपनाउनु पनि पर्ने हुन्छ भन्दै शौचालय केवल मिथेन ग्यासको ट्यांकी (डोम ) बनाउनु पर्ने हुन्छ भने एक बायो ग्यासको प्राबिधिकले यो काम गर्न सक्ने बताए l
 
अन्त्यमा मैनालीले सरकारले उनलाई यो जिम्मेबार दिए अबैतनिक रुपमा काम गर्ने ईक्षा व्यक्त गरेका छन्  l उनले अगाडी भने सरकारले हाम्रो प्रस्ताबलाई स्वीकार गरे सरकारलाई

ठुलो आर्थिक लाभ हुने बताए l

Leave a Reply