मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग

 mulpani 1 (1)
विजय थापा 
भर्जिनिया ,अमेरिका    
जेष्ठ ३,अनुशासन ,गतिशिलता र विकासको मूल मन्त्रबाट अभिप्रेरित खेल जगतका ख्याति प्राप्त पुर्व तथा बिश्व भरि छरिएर रहेका खेलकूद गुरुहरुले खेलकूद बिकासको लागि आर्थिक सहयोग जुटाई छाडेका छन् l विदेशमा बस्ने नेपाली गुरुहरुले नेपालको तेक्वान्दो खेलको विकासका लागि चासो दिन थालेका छन् । नेपालको खेलकुदको विकासका लागि मूलपानी तेक्वान्दो डोजाङलाई १ लाख ४६ हजार रुपिया विदेशमा बस्ने विभिन्न खेलक्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले दिएका छन् । विभिन्न देशमा रहेका खेलसंग सम्बन्धित व्यक्तित्वहरुले नेपालको खेलकुदको विकासमा गरेको यो प्रयास सह्रानीय रहेको देखिन्छ ।
 mulpani 1
यस अन्तर्गत विभिन्न देशमा रहेका खेल क्षेत्रका अग्रजहरुलाई एक ढिका बनाई संगीत र शब्दमार्फत सबैलाई एउटै सन्देश दिने अभिप्रायले छातीमा छ मेरो सेतो हिमाल नामक नेपाली तेक्वान्दोको आफ्नै धून बनाउन सुझाव, सरसल्लाह र आर्थिक सहयोग पनि गरेका छन् । यसरी खेल क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुको सम्मानका मूलपानी डोजाङले सम्मान कार्यक्रम पनि सम्पन्न गरेको छ । सम्मानित हुनेहरुमा वरिष्ठ प्रशिक्षक एवं संघका महासचिव दीपराज गुरुङ, कोरियन मास्टर क्वान योङ हाल, नन्दु राई, ध्रुव गुरुङ, अर्जुन विक, मीन थापा र टार्जन सुब्बा हुनुहुन्छ । वहाहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं राखेपका सदस्य सचिव युवराज लामाले खादा ओढाई सम्मान गर्नुभएको हो ।उक्त सम्मान कार्यक्रममा नेपाली चलचित्रकि नायिका रेखा थापाको पनि उपस्थिति रहेको थियो l
 mulpani 3
नेपालमा खेलकुद विकासका लागि तेक्वान्दोका चर्चित एवं ऐतिहासिक पदक प्राप्त गर्ने एक मात्र खेलाडी अमेरिका निवासी विधान लामा, एसियन खेलकूद , दक्षिण एसियाली खेल र अन्य थुप्रै प्रतियोगिताका अन्तर्राष्ट्रिय खेलाडी एवं द कमान्डोका नायक क्यानडा निवासी राजकुमार राई , अर्का ख्यातिप्राप्त पुराना नेपाली मास्टर इङल्यान्डमा जेन मार्शल आर्टस् चलाएर बस्नुहुने इन्द्र गुरुङ लगायतका अमेरिकामा रहेका पूर्वज मास्टरहरु, अन्तर्राष्ट्रिय निर्णायक सन्तोष प्रधान, लव गोर्खाली, दिवाकर महर्जन, कुमार कार्की, तेक्वान्दोका चिन्तक गुरु जगनलाल श्रेष्ठ (विपिन), राजु खड्काले मूलपानी तेक्वान्दोलाई सहयोग गरेका छन् । विदेशमा बसेर नेपाली खेल क्षेत्रको विकासमा चासो दिनुलाई उपलब्धिमूलक कार्य मूलपानी तेक्वान्दो डोजाङले ठानेको छ ।
 
कार्यक्रममा तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा एवं तेक्वान्दो संघका महासचिव एवं मुख्य वरिष्ठ प्रशिक्षक दीपराज गुरुङले तेक्वान्दो खेलको गीत विमोचन गरिएको थियो भने नेपाल तेक्वान्दो संघका वरिष्ठ सदस्य एवं अन्तर्राष्ट्रिय खेलाडी हश्विर पोखरेलले प्रतियोगिताको उत्कृष्ट पुरस्कार महिला खेलाडीलाई पांच पांच हजारको नगद पुरस्कार सौजन्य आफ्नो तर्फबाट प्रदान गर्नु भएको प्रतियोगिता आयोजक समितिका संयोजक एवं स्वयंसेवक तेक्वान्दो प्रशिक्षक (डोजाङ प्रमुख) अशोक खड्काले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply