मेरोदेशटिभी डटकम को औपचारिक उदघाटन

बाल्टिमोर ,अप्रिल २२ ,२०१२ का दिन भिन्न प्रकारको कार्यक्रम पस्कने र ल्याउने उदेश्य बोकेको मेरोदेशटिभी डटकमको औपचारिक उदघाटन एक भब्य समारोहका बीच सम्पन्न भयो । उक्त कार्यक्रम बिशेष संचार जगतमा अनुभव संगालेका र पुर्व नेपालका रास्ट्रिय संचार माध्यमा कार्यरत संचारकर्मीहरुको सयुक्त प्रयाशमा बिदेशमा नेपाली पन र नेपालीमन छुने र रास्त्रियता झल्काउने भावना बोकेको मेरोदेशटिभी डटकमको औपचारिक उदघाटन अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा शंकर प्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रम अरु कार्यक्रम भन्दा पृथक शैलीमा प्रस्तुत गरिएको थियो भन्ने कार्यक्रममा संचारकर्मीहरुलाई बिशेष सम्मान जनाईएको थियो ।उक्त कार्यक्रममा बिभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्व ,समाज सेवी ,बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियो ।कार्यक्रममा महामहिम ज्युलाई बिशेष सम्मानार्थ एक संदेश पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा यसको उदेश्य र भावी योजना सम्बन्धमा मेरोदेशटिभी डटकम समुहका सूचना प्रविधिका ज्ञाता जितेन्द्र शाह ज्युले जानकारी गराउनु भएको थियो ।

मेरोदेशटिभी डटकमका संचालक त्रय रबि लामिछाने ,जितेन्द्र शाह र राजेन्द्र सनमको सयुक्त प्रयासमा सन्चालनमा ल्याईएको जानकारी गराईएको थियो ।यसको उदेश्य सूचना ,मनोरंजनमा मात्र सिमित नभै विकास पनि रहको उल्लेख गरिएको थियो ।बिभिन्न संघ तथा संस्थाका पदाधिकारीहरु क्रमस : रोशन प्रताप राणा,एन टिभी का पुर्व कर्मचारीहरु ,संचारकर्मी तथा विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गर्दै सबैले उत्तर उत्तर प्रगतिको कामना गर्दै आफुले सक्ने सहयोग गर्ने बचन बद्दता व्यक्त गर्नु भएको थियो । कार्यक्रम प्रस्तोता तथा मेरोदेशटिभी डटकमका रबि लामिछानेले यस बिषयमा धेरै सारगर्भित मन्तब्य ब्यक्त गर्दै सबैसंग सहयोग लागि अनुरोध गर्दै सकारात्मक सुझाब र सल्लाह प्रदान गर्नु हुन् समेत आग्रह गर्दै सबै संचारकर्मीहरु एक जूट हुनु पर्ने अहिलेको आवश्यकता हो भन्दै सानो तिनो कुरामा संचारकर्मीहरुले अलमलिनु नहुने कुरा जिकिर गर्नु भएको थियो ।

कार्यक्रमको प्रस्तुति पनि अत्यन्तै आकर्षित ढंगले प्रस्तुत गर्न सफल भएको थियो भने उक्त कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत शंकर प्रसाद शर्मा (पी एच डी ) ले यसले लिएको उदेश्य पुरा होस् भनि आफु र नेपाल सरकारको तर्फबाट शुभकामना व्यक्त गर्दै नया प्रस्तुति भएकोमा खुशी व्यक्त गर्नु भएको थियो र त्यसै सेरो फेरोमा रही संचार माध्यमको भूमिका र यसले पर्ने असर बारे उल्लेख समेत गरि नेपालको समसामयिक बिषयमा समेत उदाहरण प्रस्तुत गर्दै सारगर्भित मन्तब्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा रास्ट्रपति राम वरण यादबको बिदेशमा बस्ने युवाहरुले नेपाल प्रति देखाएको सद्भाव र ममता प्रति गरेको कार्यले खुशी व्यक्त गर्दै शुभकामना पत्र पढेर सुनायिएको थियो र भने कार्यक्रम संचालक जय प्रकाश रिजालले ब्यबसायिक रुपमा शालीन शैलीमा गरि सबैको मन जित्न सफल हुनु भएको थियो ।

Leave a Reply