मेरो जिन्दगी Java र बाबा मा अड्कियो

मेरो जिन्दगी

Java को कोड र बाबा को झोक मै सकियो

नोट प्याड र उनको लिस्ट मा फसियो

लूप होल र उन्को ओरिपरि नै घुमियो

मेरो जिन्दगी Java र बाबा को चक्कर मा भूलियो ।

Java चलाउन कंप्यूटर किनियो

Oracle को साईट बाट JDK हालियो

नोट प्याड मा लामो लाइन लेखियो

अनि बल्ल Java मा हावा भरियो ।

बाबा फसाउन रात भर बसियो

स्काइप, फेसबुक, टेस्ट सब गरियो

बल्ल उनको हंस हास्यो

अनि मेरो प्रेम सुरु भो

तेहि बाट मेरो जिन्दगी Java र बाबा मा अड्कियो ।

सयोउ कोड लेखी रात भर बसी

गूगल देखि w3 सम्म सब पढ़ी

एउटा प्रोग्राम तैयार भो

ट्याक्क लाएर complie गरेको एउटा error भेटियो

बल्ल बल्ल मिलाई फेरी compile ठोकियो

अब त झन 1000 error देखौछ

मेरो रात येत्तिकै सकियो ।

ऋण काटी काटी एउटा महंगो ब्याग किनियो

बर्थडे मा केक को नाटक गरी उपहार टकर्याइओ

देख्ने बित्तिकै उनको अनुहार कालो भो

मलाई थाहा भो आज रात फकाऊदैमा जाने भो !

भोली साटियो अर्को ल्याइयो

अब त झन कहर आयो

यो पाली त रंग, साइज़,जोड़ा केइ मिलेन रे

मलाई थाहा भो मेरो दिन अर्को खोज्दै मा जाने भो ।।

मेरो जिन्दगी Java र बाबा मा अड्कियो

Java सजिलो छ भन्थे भन्ने हरु,

कोड मा घुस्नु रे ,

सब्द को जाल बुन्नु रे ,

येता उती चोर्नु रे ,

अनि ट्याक्क मिलाउनु रे ।

फसे पछी बल्ल थाहा भो ,

लूप होल को भुमरि मा कसरी अड्किन्छ

object subject if not मा घुमिन्छ

Java सजिलो छ भन्नेहरु देखेर पारो तताइयो ।

माया मिठो छ भन्थे भन्ने हरु,

स्वर्ग को आनन्द देखिन्छ रे,

मायालु को आँखा मा संसार भेटिन्छ रे ,

आफै परे पछी बल्ल थाहा भो,

उनको आँखा मा संसार हैन तानशाही देखियो,

उनका लिस्ट पूरा गर्ने 80 घन्टा काम जोतियो ,

ऋण मा चुर्लुम्म डूबी vacation गईयो

माया मा संसार छ भन्ने हरु ,

हो तिमि हरु ठीक हौ

मायालु भेटे पछी संसार तेहि सकियो ,

मेरो जिन्दगी Java र बाबा मा अड्कियो ।

मैले आफै रोजेको Java

हुदा खादा को इंजीनरिंग छोड़ी ,

कोरेको चित्र मा साइन ठोकी पैसा खान छोड़ी

बिल गेट्स बन्न कंप्यूटर छानियो

प्रोग्रामिंग मा पैसा छ ,

सजिलो बसी बसी काम छ भनी Java छानियो

मरे पछी बल्ल स्वर्ग देखियो

मेरो जिन्दगी Java मा अड्कियो ।

माया म आफै ले गरेको ,

उनलाई फकाउन सयोउ ताना बुनेको

रात भर बसी, खाना नखाई उनलाई पत्त्याको

माया गरे पछी सब सुख मिल्छ भनी जिन्दकी दाऊ मा राखेको

कुन्नि के सकियो अनि दैलो देखियो

स्वतनत्रा छोड़ी , दासत्व स्विकारियो

आफ्नो जिंदगी उनको पाउ मा लगी टकरायियो

अनि बल्ल माया के हो,

स्वतन्त्रता के हो, दासत्व के हो बुजियो

अनी बल्ल थाहा भो

अब मेरो जिन्दगी बाबा मा अड्कियो ।

Leave a Reply