मोदीले सहमति भनि नबोलि दिएको भए हुन्थ्यो : युवा कांग्रेस नेता विश्व प्रकाश शर्मा

bishwa prakash sharma 1

विजय थापा
मंगसिर १७ ,भर्जिनिया

नेपाली जनसम्पर्क समिति टेक्सास अधिवेसनमा सहभागी हुन् आएका नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माले डिसी महानगर क्षेत्रमा आयोजना गरिएको एक भेटघाट कार्यक्रममा भारतीय प्रधान मन्त्रि नरेन्द्र मोदीले सहमतिकै माध्यमबाट संविधान बनोस भनि नबोलि दिएको भए हुन्थ्यो आफुलाई लागेको बताए l

उनले थप तर्क पेस गर्दै संबिधान नेपाली जनताले बनाउने हो l संबिधान सहमतिबाट बनाउने या बहुमत बाट बनाउने त्यो हाम्रो आन्तरिक कुरो हो भने l

संबिधान जारी हुन्छ कि हुदैन भन्ने आम चासोको बिषयमा नेपाली कांग्रेस र नेकपा एमाले गणतीय रुपमा संबिधान जारी गर्ने कुरा पनि आई रहेको बताए l त्यो आ-आफ्नो बुझाई हुन् सक्छ तर त्यसलाई कसैले ठिक भन्ला कसैले बेठिक भन्ला तर मेरो बुझाईमा यसरी संबिधान जारी गर्दा संबिधान प्राप्त हुन्छ तर समस्या समाधान हुँदैन भन्ने आफ्नो विचार रहेको बताए l

 

bishwa

 

नेपाली कांग्रेसको चस्मा लगाएर हेर्ने भन्दा देशको नागरिक भएर हेर्ने हो भने चल्ने गरि संबिधान बनाउने कि जल्ने गरि बनाउने भनि विचार व्यक्त गरे l

संबिधान निर्माण र राजनैतिक संस्कार निर्माण बिषयमा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस प्रति आस्थावान तथा बौद्धिक व्यक्तित्वहरुले शर्मा संग जिज्ञाशा राख्दै सल्लाह र सुझाब दिएका थिए l

राजनैतिक संस्कार बारेमा अमेरिकामा चुनाबमा पराजय भएका जन म्याकेनले कसरि ओबामालाई शुभ कामना दिएको चर्चा गर्दै हाम्रो देशमा निर्वाचनमा अर्को दलको उम्मेदवारलाई केवल गाली मात्र गर्ने प्रवृतिको बारेमा चर्चा गरे l उनले अगाडी विचार पोख्दै त्यो समय खर्चिनु भन्दा देश निर्माणका कुरामा आफ्नो दर्शन पस्कने सक्ने योग्य कुसल राजनेता आफुले अपेक्षा गरेको बताए र त्यसो भए देश बन्ने बताए l

आफु गत निर्वाचनमा गण ना गर्दा गर्दै अन्तिम अवस्थामा आफु हारिने निश्चित भए पछि आफुले बिजयी हुने उम्मेदवारलाई सोहि स्थानमा बोलाई बधाई दिएको बताउदै त्यस्तो राजनैतिक संस्कारलाई भित्राउनु पर्ने कुरामा जोड दिए l

राजनैतिक संस्कारको चर्चा गर्दा बि पी कोइरालालाई सम्झदै उनले डेढ बर्षमा गरेको काम त्यस पछिका कुनै पनि प्रधान मन्त्रिले गर्न नसकेको चर्चा गरे l

उक्त अन्तरक्रिया कार्यक्रममा विश्व प्रकाश शर्माले सभासद भए पछि कहिले मन्त्रि बन्ने ,कति पटक मन्त्रि बन्न पाउने र सभासद भए पछि नै मन्त्रि नै बनाई हाल्नु पर्ने कि नपर्ने भन्दै यहि सेरोफेरोमा रही संबिधान निर्माण ,साझा कार्यक्रम ,पद्धति तथा संस्कार बारेमा दर्शन प्रस्तुत गरेका थिए l

कार्यक्रम संयोजक कृष्ण भण्डारीले छोटो परिचय गराउदै उनको राजनैतिक विचारबाट आफु राजनीतिमा लागेको बताए l दैलेखका हृदय शाहले एउटा राष्ट्रिय गीत गाएका थिए भने कार्यक्रमको सभापतित्व कवि, निवन्धकार, समालोचक र उपन्यासकार कृष्ण धरावासीले गरेका थिए l

Leave a Reply