म बाँदर पुच्छर नभको

म बाँदर पुच्छर नभको 

म नेता नैतिकता नभको 

म मान्छे ईज्जत नभको 

म सहकर्मी बफादारी नभको 

म चेला आतंक को

म गुरु असभ्य जत्थाको

म पशु भुत्ला नभको 

म बाउ निकम्मा सन्तान को 

अर्का की बुढी भगाउने जार को 

घर गरेर खान नसकेका छोरी को 

पति कुटिल अनि जाली बुढी को 

म आफ्नै घर मिलाउन नस्कने मुली 

देश बनाउन निस्केको 

म बाँदर पुच्छर नभको 

म नर पिचास १७०००  नर बलि को 

बिदेशी इशारा मा घर मा आगो लाउने को 

आफू बिदेस मा बसेर अरु लाई जंगल पठाउने को 

म दोषी नेपाल आमा को 

बाटो मा  छरिएका लास को 

बारी मा पड्किएका बम हरू को 

आगो लगाई धोस्त पारिएको पाल्पा दरबार को 

म दोषी नेपाल का भावी पुस्ता को 

हरेक दिन बिदेसिने युवाको

म बाँदर पुच्छर नभको  

म शिष्य पागल गुरु को 

केबल आतंक फैलाउने आतंककारी को 

म नेता बिबेक नभएका भेडा हरू को 

बोलीको भर मा गोली ठोक्ने जथान को 

म साथी लोभी अनि भ्रष्ट हरू को 

लुटेरा अनि देश द्रोही हरू को 

म बाँदर पुच्छर नभको 

म बाँदर करोड को महल मा बस्ने

हजारौं कमरेड को लास मा बनेको,  

लाखौं को खाट मा सुत्ने 

हजारौं को कन्काल बाट बनेको, 

लाखौं को घडी बाध्ने  

देशलाई सदियो पछाडि धकेलेको, 

म दोषी हर ती टुटेका सपना को

लाखौं ती अनाथ  को 

आमा का उजाडीएका कोख को 

ती पुछिएका सीउदो को

बाबू को भाचिएको सहारा को

म देश द्रोही नेपाल को 

म बाँदर पुच्छर नभको 

म क्रान्तिकारी बिना क्रान्ति को 

म माओबादी बिना समाजबाद को 

म राज नितिज्ञ दर्शन बिना को 

लालची म केबल सत्ता को

हुँदै नभएका लडाकु को भत्ता को 

मालिक म खोलाले बगाएका हतियार को  

म बाँदर पुच्छर नभको 

म भाषण मात्र गर्छु 

काम कैले गर्दिन , 

म आफू नी बनाउदिन 

अरुलाई नी बनाउन दिन्न ,

म आफू मात्र खान्छु  

अरु लाई छुन दिन्न ,

म मनोमानी गर्छु 

अरु को सुन्दा नी सुन्दिन 

तेइ भएर त म बाँदर हजूर पुच्छर नभको ।

Leave a Reply