यात्रा संस्मरण-माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा

mj

ब्रम्हाण्ड कै पप सम्राट माईकल ज्याक्सनले हामीलाई छोडेर गएको पनि पाँच बर्ष पुरा भै छैठौ बर्ष लागि सकेछ l समय कति छिटो बितेछ र अस्ति भर्खर जस्तो लाग्छ २००९ आज २०१४ भै सकेछ l

माईकल ज्याक्सनको थ्रिलर जब १९८२ मा निस्क्यो त्यो समयमा आफु धरानमा बिद्यार्थी जीवन व्यतित गरि रहेको अवस्थामा नारायण गोपाल ,दिप श्रेष्ठ ,ओम बिक्रम बिष्ट ,तारा देवी ,दिपक जंगमको नेपाली गीत अत्यन्तै सुन्ने गरिन्थ्यो l अंग्रेजीमा डायर स्ट्रेट ,बिटल्सका गित नबुझे पनि सुन्ने गरेको अवस्थामा थ्रिलर बाट मैले माईकल ज्याक्सनलाई चिन्ने मौका पाए l

माईकल ज्याक्सनको गित अति चलेको छ अरे भनि सुने पछि घुम्न जादा पहिलो पटक उनको गित सुने र हास्यास्पद कुरा के भने गित भन्दा धुन अति राम्रो लाग्यो र मन छुयो l गीत बुझिएन कारण अंग्रेजी गित सुन्ने कम आदत l

mj 1

र ,जीवनमा कहिले पनि अमेरिका आइने छ भन्ने सपनामा पनि नभएकोले अमेरिका गै माईकल ज्याक्सनको घर पुग्ने भन्ने कहिले सोचिएको थिएन l​ ​तर सौभाग्यले पप सम्राट देहावसान हुनु भन्दा २ बर्ष अर्थात् २००७ को अन्त्यमा आफु अमेरिका आउने मौका पाए l

यहाँ आए पछि कसो एक दिन त पप सम्राटको कार्यक्रम नहेरिदो रहेछ भन्ने सोची रहेको अवस्थामा गत बर्ष केहि घर क्यालिफोर्नियाको नेभरल्याण्डको घर घुम घाम गर्न अवसर मिल्यो l अमेरिकामा साधारण काम गरि जीवन यापन गर्नेले उनको कार्यक्रम हेर्न त मुस्किल पर्ने रहेछ किनभने अति महँगो पर्दो रहेछ l

उनले १३ बर्ष अगाडी न्यु योर्क को म्याडिसन स्क्वायर गार्डनमा सेप्टेम्बर ७ र सेप्टेम्बर १० ,२००१ मा देखाएको प्रस्तुतिले मेरो मन प्रसन्न हुन्छ lबिलि जिन्स भन्ने गितमा अहिले सम्म कै सबै भन्दा राम्रो प्रस्तुति गरेका छन् र चन्द्र चाल(मुन वाक )ऐतिहासिक नृत्य देखाई दिएका छन् जुन यस्तो हेर्न बिरलै पाईन्छ l

२००१ को म्याडिसन स्क्वायर गार्डन न्यु योर्कमा भएको सांगीतिक कार्यक्रममा टिकटको मुल्य पांच हजार डलर सम्ममा बिक्यो र केवल पांच घण्टामा अन्य सबै स्थान लुछाचुडी भएको रहेछ l त्यो ठाउँमा उनले करिब $ ७.५ मिलियन डलर कमाए l

hollywood 087

गत सेप्टेम्बर २८ तारिख तेह्र बर्ष पछि म्याडिसन स्क्वायर गार्डनमा माईकल ज्याक्सनले गित गएको रंगशालामा भारतका लोकप्रिय प्रधान मन्त्रि नरेन्द्र मोदीले त्यहि ठाउँमा ऐतिहासिक भाषण दिदा रंगशाला भरिएको थियो l

बिश्वमा रहेका सबैको हृदय र मनमा माईकल ज्याक्सन प्रति उच्च श्रद्धा छ भन्ने विश्वास लिएको छु अपबाद बाहेक l उनले थ्रिलरको बिक्रिको किर्तिमान हाल सम्म पनि कसैले तोड्न सकेको छैन l करिब ४२. ५ मिलियन बिकेको छ l यस्ता अद्भुत र विलक्षण प्रतिभा भएकालाई हेर्न नपाए पनि उनको घर हेर्न अमेरिकामा भएको हुनाले ठुलो अवसर मिल्यो l

अमेरिकाको भर्जिनियामा आफु काममा भएको बेलामा रेडियोबाट गित सुन्दै थिए बिचमा रोकेर नै माईकल ज्याक्सनको मृत्यु भन्ने खबरले स्तब्ध भए l काममा भएता पनि अत्यन्तै कौतुलता ल्यायो l महिनौ दिन सम्म उनको समाचार हेरेको हेरै गर्न पाईयो l

र अमेरिकाको एक अफ्रिकी अमेरिकन साथीले सोध्यो तिमि उसको गीत कहिले देखि सुनेको भन्दा मैले १९८२ देखि भनि दिए l नेपाल जस्तो देशमा भएर पनि गित प्रति हुरुक्क हुने रहेछ भनि माइकल ज्याक्सनको संकलित श्रवण चक्का (सिडी )कोसेली ल्याएर दियो l

जुन समयमा हामी माइकल ज्याक्सनको नेभर ल्याण्डको घर पुग्यौ ,घर भित्र प्रवेश निषेध गरिएकोले भित्र जाने नै कुरा भएन l भित्र जान नदिने रहेछ र त्यहि मौकामा अगाडी र पछाडी गरि घुम्यौ l

hollywood 081

उनको मृत्यु पछि २४ घण्टा नै समाचार बाट देखाई रहने ठाउँमा पुगियो र अलिक भाबुक हुन् मन लाग्यो किनभने केवल ५० बर्षमा दैबले लगे किनभने अमेरिकामा मानिस स्वास्थ्य सम्बन्धि सजक र संबेदनशिल हुन्छन l

लागु पदार्थको सेवनबाट अल्प आयु मै कहिले नफर्कने गरि गए l उनको घर वर पर एक घण्टा जति बिताए पछि चलचित्र जगतको ख्याती प्राप्त अकाडेमी तथा अस्कर पुरस्कार जस्ता कार्यक्रम हुने डल्बी नाट्यकला भवन तथा हलिवुड बजार घुम्ने अवसर पाईयो l

अत्यन्तै रमाईलो संग दिन भर घुम्ने अवसर मिल्यो l बिभिन्न तस्बिरहरु पनि खिचाईयो l चलचित्र सम्बन्धि कलाकारहरु जस्तै गरि बिभिन्न पोसाकमा सजिएर मानिसहरु आउने रहेछन तस्बिर खिचाउने पनि अवसर पाईने रहेछ तर सक्कली हैन l गोजीमा खुद्र पैसा बोक्नु पर्ने रहेछ नत्र चानचुने साटेर पनि बक्सिस दिनु पर्ने रहेछ l

उनीहरुको कमाई खाने भाडो नै पर्यटक संग तस्बिर खिचाउने र पैसा झार्ने रहेछ l तर जबर जस्ती चै गर्दैनन lखुद्रा नहुदा साट्न दिएको पैसा अलिक बेसी राखी लिए दिने पर्यो l

नेपाल हुदा नै कहिले कहिँ देखिने हलिवुडको डाडो भन्दा त नेपालका डाडा काडा अति राम्रो छन् l हलीवुड डाडो सुख्खा लाग्यो l आफु पहाडमा जन्मेको मानिस खोला नाला देखेको मानिस त्यति अनौठो लागेन l तर मौसम १२ महिना नै राम्रो हुने रहेछ l पर्यटकको घुईचो l हलिवुड को भिरमा गै तस्बिर खिचाउदा पूर्व धरान देखि माथिको डाडो भेडेटारको सम्झना ल्याई दियो l

michael_jackson_01

फरक यति छ ,बिश्व कै धनि राष्ट्र अमेरिकाको क्यालिफोर्नियाको हलिवुड बिश्व कै चर्चित चलचित्र उद्योग भएको कारण अति बिकशित र खर्च गरि बनाईएको छ यहि वरपर पप सम्राट माइकल ज्याक्सनको घर हुनु र त्यै स्थानमा घुम्न पाउनु मेरो लागि सौभाग्य हुन् गयो l

जे भएता पनि सानोमा रहेको एउटा सपना पुरा भएको छ l उनिलाई हेर्न नसके पनि घर हेरी चित्त बुझेको छ l अमेरिकाको डिसी महागर क्षेत्रको भर्जिनियामा आफ्नो बसोबास र झन्डै ६ घण्टा को हवाई यात्रा द्वारा माइकल ज्याक्सनको घर हेर्न पाउनु यो भन्दा ठुलो केहि हुन् सक्दैन र म सौभाग्य शालि हु l

unnamed (1)

न्युयोर्कको म्याडिसन स्क्वायर गार्डनमा माइकलले ३० औ बार्षिकउत्सव २००१ मा प्रस्तुति गरेको बिलि जिन गीत र मुनवाक (चन्द्र चाल नृत्य ) मनमोहक छ l पटक पटक हेरे पनि तृष्णा मेटिएको छैन l र ,हालै भारतका प्रधान मन्त्रि नरेन्द्र मोदीले दिएको प्रभावशालि भाषणले अझ मन भित्र छुएको छ l

………………………………………………………………….अस्तु

Leave a Reply