रक्तदान गर्नेलाई १ लाख नगद पुरस्कार

blood
माघ २५ ,भर्जिनिया 
विजय थापा 
 
अमेरिका रक्त संचार केन्द्रका पूर्व अधक्ष्य तथा ११४ पटक भन्दा ज्यादा रक्तदान गरि सकेका अर्जुन प्रसाद मैनालीको नेतृत्वमा रक्तदानलाई नेपाल र विश्व मै व्यापक बनाउने उदेश्य अनुरुप प्रारम्भिक ”अन्तर्राष्ट्रिय नेपाली रक्तदाता ”समिति गठन गरिएको छ l
 
परदेशमा रक्तदान व्यापक बन्दै गएको अवस्था र नेपालमा रक्तदानलाई अझ उत्प्रेरणा गर्ने हेतुले कार्यक्रम संचालन गर्न लागिएको एक छापा बिज्ञप्ति मार्फत संस्थाका अधक्ष्य अर्जुन मैनालीले जानकारी गराएका छन्  l नेपालमा रक्तदाताहरूलाई प्रोत्साहन र उत्प्रेरणा गराउन ४ जनालाई दामासाहीले रू.एक लाखको नगद पुरस्कारको व्यवस्था गरिने भएको छ। नेपाल रेडक्रस रक्त सञ्चार सेवासँग समन्वय गरि वि.सं. २०७१ सालको वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म रक्तदान गर्नेहरूबाट चयन गरि उक्त पुरस्कारले सम्मान गरिने भएको छ। 
 
नेपालमा थप ५ हजार रक्तदाता वृद्धि गर्नका लागि क्रमवद्ध तरिकाले काठमाडौं उपत्यकाका करिब एक हजार बिद्यालय ,कार्यालय, संघ-संस्थामा गई सानै परिमाणमा भए पनि रक्तदान कार्यक्रम गर्न प्रेरित गर्ने लक्ष्य र नीति लिइएको छ। उपरोक्त कार्यक्रमका लागि रू. दश लाख ५ हजारको बजेट पारित गरिनुको साथै कार्यसमिति गठन गरिएको उल्लेख गरिएको छ l संस्थाले स्थापनासँगै आगामी एक वर्षको कार्यक्रम पनि जारि गरेको छ l

Leave a Reply