लक्ष्यहिन आत्मा

“जीवन देखी अत्तिएको भित्र भित्रै डराएको

गन्तब्यको खोजी गर्दा लक्ष्यबाटै हराएको

जिवित हुँदा हुँदै पनि मृत्‍युसँग गुज्रिएको

विजयको आशै आशमा आँफैबाट पराजित

केही पर उज्यालो देख्दा नजिक जाँदा निभिदिन्छ

आँफै हिंड्न खोज्दा पनि आफ्नै भाग्यले लडाईंदिन्छ

भगवान पनि त्यो सँग छ जो सँग धेरै सुख हुन्छ

दुखीको घरमा अझ धेरै दरिद्रिको बास हुन्छ

टेक्ने लौरो भाँचीइ सक्यो समाउने कुनै डाली छैन

जति सुकै बल गरेनी सफलता हात पर्ने होइन

खुशीको त आशै छैन अन्धकार नै मेरो साथी भयो

दुखसँग दिनहुँ डुल्छु हजुर सुख धेरै पर गयो

सपना को महल भित्र आशै आशको संसार छ

आशाको दियो बाल्न खोज्दा हुरी आइ निभाई दिन्छ

आँफैभित्र हराउँछु एक्लै हुँदा सोची बस्छु

लक्ष्यहिन जिन्दगीमा एक्लै एक्लै रुमल्लिन्छु……”

Leave a Reply