वरिष्ठ गायक मधु क्षेत्रीले आफ्ना प्रसंशक तथा दर्शकलाई अमेरिकाबाट समर्पित गरेका गीतहरु

sanjog 3
डिसी ,फाल्गुन ५
विजय थापा

सांगीतिक यात्रामा ४ दशक भन्दा ज्यादा समय बिताउनु भएका नेपालका वरिष्ठ गायक मधु क्षेत्री संग अमेरिकाको डिसी महानगर क्षेत्रमा कुराकानी गर्ने अवसर पाएका थियौ l

डिसीमा सुन्य तापक्रम भन्दा झन्डै १० डिग्री तल तापक्रम भएको बेलामा भेट्ने साईत जूरयो l हिमपातलाई वास्ता नगर्दै आफुले बिगत ४० बर्ष देखि आफुले गाएका अत्यन्तै लोकप्रिय गीत गुनगुनाउन चाहना राख्नु भयो l

५ महिना देखि अमेरिकामा रहदै आउनु भएका गायक मधु क्षेत्रीले ………फुलै फुल मात्र पनि ,हैन रहेछ जीवन ……..पानी खाने निउले तिम्रो घर आउला………हुरीले उडाउन सकेन……………………साईली र माहिली पैला गए छन् बाउ बाजेको नाकै काटेर …………………………गीत गाउदै आफ्ना प्रसंशक तथा दर्शकलाई समर्पित गर्नु भएको छ l

झन्डै ३ सय ५० जति गीत गएको बताउदै नेपाल रेडियोको स्वर परीक्षणमा आधुनिक गीतमा उत्रीण गरेको गायकलाई फुच्चे देखेर बाल गीतको अभिलेखन (रेकर्ड्स (गर्न ) लगाईएको ईतिहास सुनाउदै अमेरिकामा रहेता पनि गीत र संगीतलाई प्रबर्धन गर्ने मेरो लक्ष्य रहेको बताउनु भयो l

अझ पनि साधनामा लागि रहेको छु भन्दै कालान्तरमा गीत पस्कने बचन बद्धता सहित पुरा गीत गाउन नसके पनि यी गीतले मलाई मेरा प्रशंसक तथा दर्शकले मलाई सम्झने छन् र माया गर्नु हुनेछ भन्ने विश्वास राख्नु भएको छ l

मधु क्षेत्रीलेआफ्ना प्रसंशक तथा दर्शकलाई अमेरिकाबाट समर्पित गरेको ८ मिनेटको छोटो श्रब्य दृश्य (भिडियो )…….

Leave a Reply