विडम्बना

म मर्छु भनेर हैन

आफ्नु नाम बदनाम होलाकि

भन्ने कुराले तिमी डराउछौ

हो, मैले बुझी सके

मेरो माया लाग्दैन तिमीलाई

मबाट छुटकारा पाउन चाहनछौ

लाचार बनि रुन्छु म जब

मेरो दया लाग्छ होला

तबत झुठो आत्मियता देखाऊछौ

साथमा जब हुन्छौ तिमी

त्यस्मानै म जिवन पाउछु

क्षण भरमै तर तिमी बिलाउछौ

उफ! कस्तो विडम्बना यो

ओछ्यान् एउटै भएर पनि

पराइ झैँ ब्यबहार देखाऊछौ!!

Leave a Reply