शालि नदिको झझल्को अमेरिकाको स्वस्थानी ब्रत समापनमा

noa 1
 
भर्जिनिया ,२ फाल्गुन l
विजय थापा 
 
अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको हिन्दु मन्दिरमा नेवाः संगठन अमेरिकाको आयोजनामा पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने श्री स्वस्थानी परमेश्वरीको व्रत विशेष पूजा अर्चना गरी भब्यताको साथ सम्पन्न भएको छ l
 
उक्त समापनमा यस क्षेत्रमा बसोबास गर्ने श्रदालु तथा व्रतालुहरूको निक्कै घुईचो लागेको थियो भने नेवाः संगठन अमेरिकाका पुरोहित बासव राजोपाध्यायले काठमाडौँ साँखुको शालि नदीको जस्तै गरि पूर्ण बिधि अनुसार पूजा अर्चना गराएका थिए l
 
नेवाः संगठन अमेरिकाका पुरोहित बासव राजोपाध्यायले हिन्दु धर्मावलम्बीमा नेपालमा मात्र श्री स्वस्थानी व्रतकथाको भनिने जानकारी दिए भने प्रतक्ष्य परमात्मासंग सम्पर्कमा रही गरिने पुजा हो भनि बताए l र राजोपाध्यायले आफ्नो पहलमा स्वस्थानी व्रतकथाको नेपाली तथा अंग्रेजीको पुस्तक छिट्टै प्रकाशित गर्ने जानकारी गराए l अमेरिकी नागरिक जेस्सिका भ्यान्टिन बर्केनहोल्जले अमेरिकाको सिकागो विश्वविद्यालयबाट सन् २०१० मा श्री स्वस्थानी व्रतकथामा विद्यावारिधि उपाधि हासिल गरेकी छिन l
 
उक्त संस्थाका अधक्ष्य सिजन श्रेष्ठले अमेरिकामा रहेता पनि आफ्नो परम्परा ,धार्मिक उत्सव ,चाड पर्व ,संस्कृतिलाई सम्बर्धन र प्रबर्धन गर्ने एन ओ ए (नेवाः संगठन अमेरिका )को मुख्य उदेश्य रहेकोले बिगत ३ बर्ष देखि डिसी महानगर क्षेत्रमा स्वस्थानी ब्रतको कार्यक्रम गर्दै आई रहेको बताए l
 
हिन्दु महिलाहरु आफ्नो इच्छा पूरा हुने विश्वासका साथ एक महिनासम्म एक छाकमात्र खाएर यो व्रत बस्ने परम्परा छ । अन्तिम दिनमा जनै, अक्षता, बेलीपुष्प, पान, मसला लगायतका नैवेद स्वस्थानीलाई चढाउने चलन अनुसार सबै व्यवस्था अमेरिकामा पनि जुटाईएको थियो l
 

 

Leave a Reply