संचारकर्मीले व्यक्ति या संस्थासंग आग्रह र पूर्वाग्रह हुनु नहुने

photo

आग्रह र पूर्वाग्रह संचार कर्मिको धर्म हैन l खाट्टी संचारकर्मीले यो अप्नाउदैनन र कदापी मस्तिष्कमा राख्दैनन् l संचार क्षेत्रमा काम गर्ने कुनै पनि संचारकर्मी तथा पत्रकारहरु पूर्ण रुपमा ब्यक्ति बिसेष तथा संस्थासंग आग्रह र पुर्वाग्रहबाट मुक्त हुनु पर्दछ l कलम चलाउनु एक कला हुन्छ र कला त्यतिकै फुर्दैन ,त्यसको लागि त्याग र तपस्या चाहिन्छ l कलम फनफनी घुमाउने संचार कर्मीको कदर हुन्छ तर यथार्तता नबुझी र अर्काले भनेको भरमा व्यक्ति या संस्था प्रति पूर्वाग्रह राख्ने संचारकर्मीको समुदायबाट बदर हुन्छ l

पत्रकारितामा अध्ययन ,अनुसन्धान ,खोज ,सोध ,तथ्यांकको आवस्यकता पर्दछ र यदि यस्तो गर्न असमर्थ हुईञ्छ भने संचार कर्मिको बिल्ला झुन्ड्याउनु बेकार हुन्छ र त्यो पत्रकारिताको रेखा भन्दा बाहिर पर्दछ l संचारकर्मीले अध्यारोमा झटारो हान्ने कदापी हैन ,आधारभूत कुराको हेक्का राख्नेको विचार गन्रु पर्छ नत्र समुदायले ओरालो लागेको मृगलाई खेदेको जस्तो खेद्छन l वर्तमान अवस्थामा संचारकर्मी बन्न कसैलाई पनि कहिले पनि छेक्दैन र किनभने बिधुतिय माध्यमबाट सामान्य प्रक्रिया पुर्याउन सक्यो भने संचारकर्मी बन्न सकिन्छ l एउटा संजाल खोल्यो भने पत्रकार र संचारकर्मीको छाप निधारमा लागि हाल्ने भो र जो कोहि पनि पत्रकार बन्न सकिने भयो l

हजारौ हजार बिधुतिय पत्रिका यत्र तत्र स्थापित छन् l पत्रकारितामा आफ्नो सम्पूर्ण जीवन अर्पण पत्रकारहरु यो दुर्दशा टुलुटुलु हेरी रहेका छन् किनभने बोल्यो कि पोल्यो हुन्छ l मूकदर्शक भै पत्रकारिता पेसाको भविष्य प्रति चिन्तित छन् l बारम्बार संचारकर्मी पूर्वाग्रह हुन्छन र छ भनि वात लाग्दछ र संचार माध्यममा भौतिक कारवाही ,धम्कि ,त्रास खेप्न बाध्य हुन्छन तर पनि सहि र वास्तविक संचार कर्मीले कलम बन्द गर्दैन l जय र विजय प्रति कलम चलाई रहेका हुन्छन र संचारकर्मीले आग्रह र पूर्वाग्रह त्याग्नु पर्दछ र त्यो त्यागें भने मात्र पत्रकारिताको लक्ष्नण रेखा भित्र पर्दछन नत्र संचारकर्मी कह लाउदैनन l वास्तविकता र तथ्यको खोज गर्न अल्छी मान्ने र घर मै बसेर कृष्ण भगवानले सारा पृथ्वी देखे जस्तै २१ औ शताब्दीमा सोच्दछ र अर्काको प्रतिलिपि गरि समाचार प्रकाशित गर्दछ भने त्यो संचारकर्मीको दायरामा आउने हुदैन l

संचार कर्मिको सबै भन्दा ठुलो धर्म खोज र अनुसन्धान पछि जे निस्कन्छ त्यसलाई सतह बाहिर ल्याई दिनु हो तर अहिले त्यसो भै रहेको देखिदैन l संचार जगतमा लाग्ने र खाट्टी संचारकर्मीले आ-गर्दा अलंकार बुझ्दछन l सबै भन्दा महत्वपूर्ण कुरा संचार कर्मीले कुनै पनि बिशेष ब्यक्ति वा संस्थासंग कदापी आग्रह र पूर्वाग्रह वाट ग्रषित हुनु हुदैन l दिर्घ कालिन रुपमा संचार क्षेत्रमा डुबुल्की मार्ने हो भने यस्तो बिचार फ्याली दिनु पर्छ र त्यो पत्रकारितामा होमिनु भन्दा हलो जोत्नु उत्तम हुन्छ किनभने हलो जोत्न मेहनत चाहिन्छ र फसल आफ्नो पेट पुजाको लागि हुन्छ l

ठुलो ठाउँ ठुलो बिचार हुन्छ भन्ने हामीले सुनेका छौ ,गाउ घरबाट निस्की शहर ,शहरबाट महानगर,,महानगरवाट राजधानी आदि ईत्यादी स्थानमा आउने परिपाटी हाम्रो मुलुकमा छ र संसारमा यस्तै रिति चल्छ l यो पंक्तिकार बिश्वको सबै भन्दा सम्वृद्धिशालि राष्ट्र अमेरिकामा छ र यहिवाट आफ्ना बिचार,दृष्टिकोण  समाचार र बिबिध बिषयमा कलम निरन्तर चलाउने कोसिसमा छ l ब्रम्हाण्ड कै अधिकांश मानिसको कल्पना र सपना सयुक्त राज्य अमेरिका आउने हुन्छ किनभने ठुलो ठाउँ ,ठुलो देश ,ठुलो संगत ,ठुलै अवसर ,ठुलै विचार र ठुलै बुद्धि हुने हुन्छ भन्ने परिकल्पना गरिन्छ l

अमेरिकामा जस्तो ठुलो राष्ट्रमा संचारकर्मी यो कुरामा चुकेका छन् l कलम चलाउने संचारकर्मी सिद्धान्तमा एक र ब्यबहारमा अर्को देखिएको छ l वास्तविकता कोट्याउने र खोतल्ने भन्दा सतह बाहिर रही आग्रह र पूर्वाग्रहमा जकडिएको देखिएको छ l व्यक्ति र संस्था प्रति नराम्रो देख्ने संचारकर्मीले आखा खोल्न सिक्नु पर्दछ र सत्य ,तथ्य पत्ता लगाउन पत्रकारिताको प्रतिभा देखाउनु पर्दछ l हचुवाको भरमा बिना बित्थामा मन पर्दैन भनि संस्था र बिसेष व्यक्तिलाई लान्छना लगाउनु हुदैन l बिना आधार अमेरिकामा कलम चलाउन सात पटक सोच्नु पर्छ नत्र पत्रकारितामा संलग्न संचार कर्मिको उठिबास लाग्ने सम्भावना हुन्छ l

यदि मान्छे या संस्था मन परेन भने संचार कर्मीले कलम बन्द गर्ने हो त ? होइन ,किनभने कसैलाई कोहि मन पर्दैन ,कसैलाई कुन संस्था मन पर्दैन ,बिभिन्न कारण मन नपर्न सक्छ त्यसो भन्दैमा नेपालका राष्ट्रिय स्तरका पत्रिकाले के कलम चलाउन छोडेका छन् त ? केहि समय अगाडी राष्ट्रिय स्तरका पत्रिका कार्यालय सांघातिक हमला भएका घटना घट्न पुग्यो त्यहि पत्रिकाले लेख्न बन्द गरेन र झन् कलम चलाई रह्यो l यो हो संचारकर्मिको दायित्व l समाजमा घटेका बिकृति ,विसंगतिलाई पर्दाफास गर्नु तर आग्रह र पूर्वाग्रहवाट प्रेरित छ भने त्यसको परिणाम त्यही संचारकर्मीले भोग्नु पर्दछ l

कुनै पनि संस्थामा कुनै व्यक्ति बिशेष नेतृत्वमा आयो ,मान्छे मन परेन नलेख्यो l संस्थालाई कसैले हानी र नोक्शानी पुर्यायो संस्था र व्यक्तिलाई आरोप र प्रत्यारोप लगाई नाना थरि लेख्यो तर त्यहि संस्था वा व्यक्ति जस्ले आमुल परिवर्तन गरि समुदायमा उल्लेखनीय कार्यगरि सफलता हासिल गर्दा पनि कलम चलाउन कन्जुस गर्नु यहि अमेरिकामा यो पंक्तिकारले देखेको छ l संचार कर्मिको त्यो धर्म कहिले हुदैन l यस्तो पक्षपातमा संचारकर्मीले कहिले गर्नु नहुने र यसमा अल्झिए धमिराले घर भित्र भित्र मक्याएको जस्तो स्वयम्लाई चट बनाई दिन्छ l

बिगतमा कैयौ संचारकर्मिको ज्यान् गएको छ ,धम्कि पाएका छन् ,अपहरणमा परेका छन् ,जिल्ला छोड्न बाध्य छन् ,समाचार प्रकाशितमा प्राथमिकता न दिएको भनि भौतिक कारवाही गरिएको र गरिने धम्कि खेपेको खेपै छन् तर कालोलाई कालो र सेतोलाई सेतो पनि भनि कलम चलाई रहेका पनि छन  l

राष्ट्रको चौथो अंगको रुपमा पत्रकारिता पेशा र यसको मान ,मर्यादाको ख्याल गर्नु यस क्षेत्रमा लाग्ने सम्पूर्ण संचारकर्मीको धर्म हुन्छ l पत्रकारिताको प्रतिष्ठा अभिवृद्धि हेतु हामी सबैले यसको मर्म बुझ्न जरुरि छ l संचार जगतमा लाग्ने र कलमलाई दिर्घजीवि बनाउन चाहने सबैले व्यक्ति या संस्था प्रति पूर्वाग्रहरहित हुनु अपरिहार्य हुन्छ l यसमा ख्याल गरे भलाई हुन्छ नभए आफ्नै नोक्सानी र पत्रकारिताको विश्वसनीयता प्रति प्रश्न चिन्ह लाग्दछ l

 

………………………………………………….अस्तु

विजय

 

 

Leave a Reply