संस्थाबाट स्वैच्छिक अवकास लिने घोषणा- थापा

new photo

लामो समय देखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका र बिभिन्न संघ तथा संस्थासंग आबद्ध रहेका हाल दि एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (ए एन ए )का अन्तरिम महा सचिब विजय थापाले संघ तथा संस्थाबाट स्वैच्छिक अवकास लिने घोषणा छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् l उक्त बिज्ञप्तिमा उनले नेपालबाट अमेरिकामा आए पछि सर्व प्रथम बाल्टिमोरमा सम्पन्न ए एन ए सम्मेलनमा भाग लिएको सम्झना गर्दै त्यहाँबाट संस्थामा सहभागिता जनाएको बताएका छन् l उनले उक्त पत्रमा गत जुलाई ४ मा पनि निर्वाचनको घोषणा गरिएको भएता पनि निर्वाचन हाललाई स्थगित गरि पाउ भनि ए एन ए का पूर्व पदाधिकारीले अदालतमा हालेको उजुरी र आगामी सेप्टेम्बर २३ तारिखमा अदालतको पहलमा हुने भनिएको निर्वाचन पनि पुन अदालतमा पुगेको अवस्थाले संचारकर्मी भएको नाताले बाहिर बस्ने निर्णय लिनु परेको अभिव्यक्ति दिएका छन् l

नेपालमा बिभिन्न सामाजिक संघ तथा संस्थामा संलग्न भएको ,सबै पदमा सर्व सम्मतिबाट निर्वाचित भएको बताउदै कहिले पनि निर्वाचनमा प्रतिस्प्रद्धा गर्नु नपरेको उल्लेख गरेका छन् l अमेरिकामा हाल केवल एएनएमा अन्तरिम महा सचिब रहेको भएता पनि बिभिन्न संघ तथा संस्थामा सल्लाहकारमा रहेका छन् l एएनएका पुर्व अधक्ष्यको समितिमा समेत पदीय दायित्व जिम्मेबार लिएको उल्लेख गर्दै निरन्तर अवैतनिक रुपमा संघ तथा संस्थाको झोला बोकी हिड्न गाह्रो हुने बताएका छन् l ए एन ए मा हालका अन्तरिम अधक्ष्य छेवांग शेर्पालामाले महा सचिब पदमा मनोनित गरि काम गर्ने अवसर दिएकोमा ए एन ए का अन्तरिम अधक्ष्य प्रति आभार ब्यक्त गरेका छन् l अवैतनिक रुपमा कुनै पनि संस्थामा निरन्तर काम गर्न असमर्थ हुनाले स्वैच्छिक अवकास लिने घोषणा गर्दै लेखनी(कलम )चलाउने बताएका छन् l

संस्थासंग आबद्ध हुदा केहि जान्ने अवसर मिलेको कुरा चर्चा गर्दै आफुले सत्य ,तथ्य,खोजमुलक समाचार ,लेख र अन्य रचना लेख्ने प्रतिबद्धता जाहेर गरेका छन् l आफु केवल कुर्शी ओगटन मात्र पदीय जिम्मेबार नलिई स्वत स्फ़ुर्त रुपमा समाज सेवा गर्ने धोको रहेकोले संस्थामा होमिएको उल्लेख गरेका छन l संस्थासंग आबद्ध हुदा आफैले खण्डन गर्ने र जवाफ दिदा त्यसको विश्वसनियता प्रति शंका उपशंका उब्जिने हुनाले बाहिर बसी असत्य ,झुटा ,लान्छना र कपोलकल्पित कुराहरुको गाठो फुकाउनु पर्ने अपरिहार्य हुनाले संस्थालाई अलबिदा भन्दै पत्रकारिता पेसामा होमिने बताएका छन l

Leave a Reply