साहित्यकारहरु डिसी साहित्य सम्मेलनमा अमेरिका उड्ने तरखर

inls logo

भर्जिनिया ,कार्तिक २८,

विजय थापा

अमेरिकाको डिसी महानगर क्षेत्रमा नोवेम्बर ३० र डिसेम्बर १ तारिख हुने तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पुरस्कारको घोषणा गरेका साहित्यकारहरु बिभिन्न मुलुकबाट पुरस्कार लिन अमेरिका हानिने भएका छन् l

हरेक दुई बर्षमा बिभिन्न विधामा पुरस्कार गरिने अ ने सा सले यस बर्ष पनि बिगत केहि महिना अगाडी नै घोषणा सार्बजनिक गरेको थियो l २०११ र २०१२ मा प्रकाशित भएका पुस्तकलाई ६ महिना सम्म मुल्यांकन गर्दै भानु जयन्तिको दिन परिणाम घोषणा गरिएको जानकारी अ ने सा स का संस्थापक तथा वरिस्ठ उपन्यासकार होमनाथ सुबेदीले दिए l

अ ने सा स का संस्थापक सुबेदीले उपन्यासकार अमर न्यौपानेले अमेरिको लागी प्रवेशाज्ञा प्राप्त गरेको र आउने जानकारी दिदै भने अमर न्यौपानेले लेखेको पुस्तक सेतो धर्ति अनेसास सर्बोकृस्ट पुस्तक पुरस्कारबाट पुरस्कृत भएको छ भने नगद $ १,५००.०० डलर तथा प्रमाण पत्र पाउने भएका छन् l

उपन्यासकार ,अमर न्यौपाने मदन पुरस्कारबाट सम्मानित भै सकेका छन भने गैर आवशीय नेपाली संघबाट पद्माश्री पुरस्कारबाट पनि प्राप्त भएकोले वहा अमेरिका आउने खबरले साहित्य अनुरागीहरु उत्साहित भएका छन् lनेपालबाट जनजाती र भाषा साहित्यमा खोज को लागि बिशेष योगदान गर्ने प्रेम बहादुर श्रेष्ठ ‘प्रेम छोटा ‘ लाई वहाले लेखेको पुस्तक ”हनुमान नान्च ”लाई पनि पुरष्कृत गरिने भएकोले प्रवेश आज्ञा दिएकोले अमेरिका आउने भएका छन l यसै गरि नेपालबाट छन्द बन्द लेखनमा कार्यपत्र प्रस्तुतको लागि लक्ष्मण कान्त शर्मा लाई पनि प्रवेश आज्ञा प्राप्त भएकोले अमेरिका छिर्ने हुनु भएको जानकारी सुबेदीले दिदै यसै अवसरमा वहाका पुस्तकहरु पनि बिमोचन गरिने भएको छ l

भाषा तथा साहित्यकार फाटमा उल्लेखनीय योगदान गर्ने तथा अविरल रुपमा कलम चलाई रहने बिश्वबाट पुरस्कृत हुने श्रष्टाहरु अन्य देशबाट आउने क्रम जारी रहेको जानकारी गराउदै सुमन कुमार गुरुङको कथा(धौलागिरी अञ्चलको)मेजर अर्जुनको औठी नामक पुस्तक पुरस्कृत हुने भएकोले बेलायतबाट आउने पक्का भएको छ l पुरस्कृत हुने तथा साहित्य सम्मेलनमा आउनको लागि अमेरिकन दूताबासमा अन्तर्वार्ता दिई रहेका पनि जानकारी संस्थापक सुबेदीले गराएका छन् l २००९ मा न्युयोर्क ,२०११ मा बेलायत र २०१३ मा पुन अमेरिकाको वाशिंगटन डिसीमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुदैछ l

 

 

 

 

Leave a Reply