सिएनएन हिरो बस्नेतको बारेमा बनाइएको वेटिंग फर मामु न्युयोर्कमा

mamu1
न्युयोर्क, सिएनएन हिरो २०१२ पुष्पा बस्नेतले आफ्ना अभिभावकसंगै जेलमा रहेका बाल बालिकाहरुलाई उद्धार गरेर आमाको रुपमा हेरचाह गरेको कार्यहरुलाई समेटेर तयार पारिएको डकुमेन्ट्री फिल्म वेटिंग फर मामु न्युयोर्कमा प्रर्दशन भएको छ । न्युयोर्क युनिभसिर्टी (एनवाईयु) र ह्वाईट हिमाल टेलिभिजनको संयुक्त आयोजनामा भएको बिषेश प्रर्दशनमा फिल्मका निर्माता सुसान सुरेन्डन र निर्देशक थोमस मोर्गनले फिल्म निर्माण गर्नुको कारण र आफ्ना अनुभवहरु सुनाएका थिए । न्युयोर्क युनिभसिर्टीको हलमा भएको बिषेश प्रदर्शनीमाा न्युयोर्कमा रहेका नेपाली समाजका अगुवाहरु र बिभिन्न क्षेत्रका अमेरिकनहरुको उपस्थिती रहेको थियो । वेटिंग फर मामुमा सिएनएन हिरो बस्नेतका सामााजिक जिवनको यात्राको साथै उनले संरक्षण गरेर राखेका बालबालीकाहरुको अनुभवहरुलाई समेटीएको छ । सानो उमेर देखी नै समाजसेवामा लागेकी बस्नेतले वेटीगं फर मामुमा आफुले चाहेर पनि एउटा अलग्गै घर बनाउन नसक्दा जेल भित्र रहेका अन्य बालबालीकाहरुका लागि बाहिर ल्याउन नसकेको अनुभव सुनाएकी छन् ।
mamu2
करिब एक घण्टाको डकुमेन्ट्री फिल्ममा बालबालीकाहरुले अभिभावक गुमाउदाको पिडा र पुषपा बस्नेतले गरेको मायाको बारेमा भावनात्मक रुपमा अनुभब सुनाउंदा हलमा रहेका अधिकाशं दर्शकको आंखामा आशुं आएको देखिन्थ्यो । पुषपा बस्नेतले बालबालिकाहरुको उचित संरक्षण गर्न र जेलमा रहेका अन्य बालबलीकाहरुलाई पनि बाहिर ल्याएर संरक्षण गर्ने उद्धेश्यका साथ निर्माण गर्न खोजेको आमाको घरका लागि आथिर्क सहयोग संकलनका साथ डकुमेन्ट्री फिल्मको प्रदर्शन गरिएको निर्देशक मोर्गनले बताएका छन् । बस्नेतले गरेको असल कार्यलाई प्रोत्साहन दिन र थप सहयोग प्राप्त हुने अपेक्षाका साथ न्युयोर्कमा बिषेश प्रर्दशन गरिएको ह्वाईट हिमाल टेलिभिजनका अध्यक्ष शान खड्काले जानकारी दिनुभयो । वेटिंग फर मामु बिभिन्न अवार्डहरुमा समेत छनौट भएको छ ।

Leave a Reply