हरियो पत्ता (Green Card)

िपऊ नभनेर कति भन्छन तर िपउन मन लाएको छ,

के गर्नु आफूलाई यहाँ हरियो पत्ता चाएको छ ॥

पढ्न भनेर स्टुडेन्ट भिषामा अमेरिका छिरियो,

ग्राजुएट भई काम खोज्न जाँदा सोध्छन, िलगल्ली काम गनॅ पाएको छ??

के गर्नु आफूलाई यहाँ हरियो पत्ता चाएको छ ॥

उता काम नपाएपछि ग्याँस स्टेसनमा भए पनि काम पाइयो,

डराई-डराई काम गर्दा कहिलेकाँही इमिग्रेसन चेकिङ्गमा आएको छ ॥

के गर्नु आफूलाई यहाँ हरियो पत्ता चाएको छ ॥

नेपालका साथी आई-प्याड आई-फोन पठाइदे भन्छन,

तर आफूले आवोर हानेर कमाको पैसा टिउसन फि तिर्दै गाको छ ॥

के गर्नु आफूलाई यहाँ हरियो पत्ता चाएको छ ॥

अस्ति घरबाट फोन गर्दा हजुरबाले कति कमाउँछस् नाति भन्नुभो,

रेन्ट,बत्ति,पानी,इन्स्योरेन्स अनि ग्रोसरीले खल्ति रित्यिको छ ॥

के गर्नु आफूलाई यहाँ हरियो पत्ता चाएको छ ॥

अन्तिममा हरियो पत्ताको चक्करमा एउटा काली सँग बिहे पनि गरेँ,

भाग्य नै फुटेको, कालीको बोइफ्रेनले पो चिज-बगॅर खाएको छ खाएको छ ॥

के गर्नु आफूलाई यहाँ हरियो पत्ता चाएको छ ॥

Leave a Reply