हो, उ राम्री छे

थाहा छ मलाई पनि

उ साचै राम्री छे

तर मन दुख्छ मेरो

जब गर्छौ प्रसंसा उसको

सबैनै छन् पारखी यहाँ

उनको त्यो सौन्दर्यको

जति हेर्यो हेरु लाग्ने

रुप उसको परि जस्तो

मिलेको त्यो जीऊ-डाल

यौवनले सजिएको

कोइली झैँ सुमधुर

मोहनी लगाउने बोलि उसको

तर डाहा लाग्छ मनमा

तिमीले उसलाई हेरिदिदा

तिम्रो नजरमा कहिँ कतै

मेरो मुल्य घटे जस्तो

मलाईनै बिर्सिएर,

उ भित्र तिमी डुवे जस्तो

किन आधि चल्छ मनमा

डर किन लाग्छ यस्तो

हुरी आइ हाम्रो घर

उडाएर लगे जस्तो

अनि मलाईनै बिर्सिएर,

उ भित्र तिमी डुवे जस्तो

Leave a Reply