२०१२ राष्ट्रिय क्यापिटल ते-क्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुद्वारा स्वर्ण, रजत र कास्य पदक हासिल

भर्जिनिया, मार्च १७ तारिख,शनिबार,साउथ लेक्स हाई स्कूल,रेस्टन भर्जिनियामा एक दिवसीय २०१२ राष्ट्रिय क्यापिटल ते-क्वान्दो प्रतियोगिता भब्य समारोहका बीच सम्पन्न गरियो । उक्त कार्यक्रम ते-क्वान्दोका महान गुरु एच के ली (grandmaster H.K.।EE)को आतिथ्यमा सम्पन्न गरिएको थियो । बिहान १० बजे देखि ६ बजे बेलुका सम्म सम्पन्न भएको उक्त कार्यक्रममा सबै वजनका सबै महिला तथा पुरुष र बालबालिकाहरुको उल्लेखनीय सहभागिता भएको उक्त प्रतियोगितामा नेपालीबाल खेलाडीमा कृषा कार्की (करिब ८ बर्ष ) र अन्य खेलाडीहरुमा अनमोल गोर्खाली १२-१३ बर्ष तथा ज्योशिता गोर्खाली(८-९ बर्ष)को पनि सहभागीता रहेको थियो भने उक्त कार्यक्रमको लागि मिचिगनबाट ख्यातिप्राप्त निर्णायक लब प्रसाद गोर्खाली हुनु हुन्थ्यो । अनमोल गोर्खाली र ज्योशिता गोर्खालीहरु ज्योति एवरेस्ट ते-क्वान्दो मिचिगनबाट प्रतिनिधित्व गर्नु भएको थियो । कृषा कार्कीले दूई विधामा दूई वटा स्वर्ण पदक, अनमोल गोर्खालीले एउटा काश्य र एउटा रजत पदक, अर्का खेलाडी ज्योशिता गोर्खालीले दूई वटा काश्य पदक ल्याई सम्पूर्ण नेपाली समुदायको नाम बिश्वमा ज्योति फैलाउन सफल भएका छन् ।

मिचिगन, न्युयोर्क, नर्थ क्यारोलिना, साउथ क्यारोलिनाबाट ५०० जना भन्दा ज्यादा खेलाडीहरुको सहभागीता तथा खेल प्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । यो कार्यक्रमका नेपालीहरुको ते-क्वान्दो प्रतियोगितामा नाक उच्च राख्नु हुने अन्तरास्ट्रिय निर्णायक तथा यो कार्यक्रमका मुख्य प्रशिक्षक कुमार कार्की रहनु भएको थियो र सबै कार्यक्रममा वहाको सक्रिय निगरानीमा बिशाल कार्यक्रमको आयोजना गरि विश्वमा जहाँ गए पनि नेपालीहरुले आफ्नो पृथक पहिचान गराउने गरेको उदाहरण कुमार कार्की तथा श्रीमती कल्पना कार्कीद्वारा यो कार्यक्रमको भब्य आयोजनाले सबै नेपालीहरुको हौसला बढाएको छ ।

यो कार्यक्रमको लागि न्यु योर्कबाट नेपाली निर्णायक दुर्गा गुरुङ, भर्जिनियाबाट कल्पना कार्की, अर्का नेपाली निर्णायक कृष्ण बलालको पनि अतुलनीय योगदान रहेको थियो ।उक्त कार्यक्रममा नेपाली विभिन्न् संघ तथा संस्थाका प्रतिनिधिहरुतर्फबाट ए एन एस का पुर्व अधक्ष्य,खेम भट्टचन तथा अन्य संस्थाका प्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply