३१ औं एएनए न्यु योर्क सम्मेलनका लागि सल्लाहकार समिती गठन

anany2013 log

 

विजय थापा

भर्जिनिया ,अमेरिका

न्युयोर्क, यहि आउदो जुलाई ४, ५ र ६ मा न्युयोर्कमा हुन लागेको ३१ औं एएनए सम्मेलन आयोजक समितीले सम्मेलनलाई अझ प्रभावकारी र उदेश्य मुलुक बनाउने हेतुले ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । अमेरिकामा लामो समय देखि बसोबास गर्नु हुने तथा समाजमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहनु भएका समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई समितीमा चयन गरिएको छ l

सल्लाहकार समितिमा डा तारा निरौला, बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्री, डा तुलसी महर्जन, श्री पराजुली, बंशलाल तामाङ, बिनोद पोमो र सिता खरेल रहनुभएको छ । ३१ औ ए एन ए न्यु योर्क सम्मेलनका प्रमुख संयोजक समिर महर्जनका अनुसार सम्मेलनलाई भब्यताका साथ सफल पार्नको लागि सल्लाहकार समितीका सदस्यहरुले आआफ्नो तर्फबाट राय ,सल्लाह तथा सुझाव दिनु हुने छ ।

संयोजक महर्जनका अनुसार यस पटकको सम्मेलन बिगतका भन्दा फरक र ऐतिहासीक बनाउनको लागी आयोजक समितीले कुनै कसर नछोड्ने प्रतिबद्दता जाहेर गरेका छन् । साथै एनए सम्मेलनलाई थप उपलब्धीमुलक बनाउन न्युयोर्क शहरको भ्रमण तथा सम्मेलनलाई थप सहयोग गर्ने उद्धेश्यका साथ आयोजक समितीमा बिजय सिंह र दिपेन्द्र केसीलाई थप गरिएको बिज्ञप्तीमा जनाइएको छ। बिज्ञप्तीका अनुसार एएनए सम्मेलनको आधिकारिक (संजाल )वेभसाईट anany2013.org मा सम्मेलन सम्बन्धी सम्पुर्ण जानकारी सहित दर्ता (रजिष्ट्रेशन )खुल्ला भएको जनाइएको छ ।

Leave a Reply