३४औ अलास्का स्टेट कराते प्रतियोगितामा भट्टराई

saroj 4
 
                   गत साता अलास्का कराते एसोसिएसनको आयोजनामा दुइदिने कराते गोष्ठी तथा प्रतियोगिताको समापन गरिएको थियो  l  विश्व कराते महासंघका बरिष्ठ रेफ्री कत्सुकाता  तानाकाको निर्देशनमा सम्पन्न उक्त प्रतियोगिताको पहिलो दिन काता तथा कुमिते गोष्ठीको संचालन तानाका मार्शल आर्ट्स एकेडेमीमा  गरिएको थियो भने डिसेम्बर ८ तारिख  दोश्रो दिन ३४औ अलास्का स्टेट कराते प्रतियोगिता स्पेनार्ड रिक्रिएसन केन्द्रमा  आयोजना गरिएको थियो l  
saroj 1 jpg 
उक्त प्रतियोगितामा अलास्का राज्यमा रहेका विभिन्न कराते स्कुलहरुका खेलाडी तथा प्रशिक्षक एबम निर्णायकहरुको मनग्य उपश्थिति रहेको थियो भने प्रतियोगितामा  मुख्य रेफ्रीको भूमिकामा विश्व कराते महासंघका  रेफ्री क्रिस्टोफर हड्जन र अमेरिकी राष्ट्रिय रेफ्री  सरोज भट्टराईले  गरेका थिए  ,  सरोज भट्टराई अमेरिकी राष्ट्रिय कराते महासंघ , यु यस ओलम्पिक कमिटी  अन्तर्गत रजिस्टर्ड ‘क’ वर्गका कुमिते  अफिसियल रहेकाछन् भने  उनले हालसम्म अमेरिकी कराते महासंघमा दश जना रेफ्री अफिसियल उत्पादन गर्न समेत सफल रहेका छन् l प्रतियोगितामा यु यस सिनियर राष्ट्रिय च्याम्पियन भेषर ब्राद्फोर्ड काता तथा कुमिते सिनियर समुहमा प्रथम भएका थिएभने डब्ल्यु के एफ रेफ्री क्रिस्टोफर हड्जन काता तर्फ दोश्रो भएका थिए  l

Leave a Reply