प्वाखे मुङ्ग्रो र मुङ्ग्रो डन्डी नेपाली शब्दकोषमा भेटिएला त ?

bijay 2

 

नेपालीहरुले सम्भवत कहिले नसुनेको शब्द खोज गर्दै जादा शब्दकोशमा प्वाखे मुङ्ग्रो फेला पर्यो l र ,यसमा ध्यान गयो l आफुले दुई दशक अगाडी देखि नेपाली मुलका मानिस संग बोलिचलिमा अंग्रेजी शब्द प्रयोग न गर्ने अभियान चलाएकोले यस्ता शब्दहरु पस्कन रहर लाग्यो l नेपालमा जन्मेको र उतै हुर्केकाहरु पनि सायद सुनेका छैनन् होलान l

र आफुले पाठक वर्गलाई यस्ता शब्दहरु पनि छन् भनि जानकरी गराउनु पक्तिकारको आसय भएकोले राख्ने जमर्को गरेको छु l प्वाखे मुङ्ग्रो भनि कही उच्चारण गरे भने मानिस अलमल पर्न सक्दछन तर यसको ठिक अंग्रेजीमा भनि दिए भने सबैले बुझ्दछन l बिलम्ब न गरि जानकरी गराउने छु ,अंग्रेजीमा प्वाखे मुङ्ग्रो लाई ब्याड मिन्टन कर्क भनिन्छ l यो शब्द आफु नेपालमा हुदा नै बिशुद्ध नेपाली बोल्ने अभियान गरेको एक दशक पछि पत्ता लगाउन सके l

मेरो गोरुको बार्है टक्का भने मेरो आसय र मेरो उदेश्य पट्टकै हैन l यसरि नै बुझी दिनु हुन्छ भने विश्वास लिएको छु l ब्याड मिन्टन कर्क अंग्रेजी शब्द, प्वाखे मुङ्ग्रो नेपाली शब्द l हामीले कहिले पनि यो शब्द प्रयोग नगरेकोले यो जबर्जस्त लादिने प्रयास हो भन्ने पनि लाग्न सक्छ l प्वाखे मुङ्ग्रो किन भनिएको होला भन्ने मेरो विचारमा यसमा परेवा र अन्य चराहरुको प्वाँख बाट बनाईएको हुन्छ l

सायद त्यसैले होला प्वाखे मुङ्ग्रो भनिएको हुन् सक्दछ र भाषा विद र धेरै शब्दकोषमा आफुले यो नभेटेको पाए l र बल्ल बल्ल एउटा शब्द कोषमा भेट्ने मौका पाए l

सबै अंग्रेजीको सबै नेपाली शब्द पनि हुन्छ जस्तो मेरो विचारमा लाग्दैन l आफै कपोलकल्पित गरि गुथेको भन्ने न सोची दिनु होला l नेपाली शब्दकोष धनि छ भनि र नेपालीमा जस्तो जेठो ,महिलो ,साईलो ,काइलो ,ठाइलो ,अन्तरे र दशौ छोरालाई पानी मन्तरे कुनै देशमा न भएको उल्लेख डिसीमा आएका स्वर्गीय साहित्यकार कृष्ण पराजुलीले बताएका थिए ,हुन् पनि हो ?

अर्को शब्द मैले आफै निर्माण गरेको नेपाली शब्द मुङ्ग्रो डन्डी अर्थात् अंग्रेजीमा उच्चारण गर्न न पाउदै सबै नेपालीले थाहा पाउने ,क्रिकेट हो l

क्रिकेट लाई मुङ्ग्रो डन्डी कसो होला भन्ने लागेर भाषा शास्त्रीले मान्यता नदिए पनि मैले यहि भन्ने गरेको छु Lअमेरिकामा छु ,बोल्न स्वतन्त्र हुन्छ र जे बोले पनि हुन्छ भन्ने चाही होईन l

मुङ्ग्रो डन्डी भनि खेलाडी र खेल प्रेमीलाई क्रिकेटको नेपालीमा के होला भन्ने लागेकोले यो शब्द अब देखि प्रयोग गर्दा हुन्छ कि भन्ने लागेकोले यो लेख मर्फ्सत अभियान चलाउन प्रयास गरेको हु l मेरो काम आग्रह गर्ने हो ,मान्ने न मान्ने यहाहरुलाई जिम्मा सुम्पने छु

यसै गरि नेपाली शब्द कोषमा न भेटिने शब्द मट्याङ्ग्रो डन्डी अर्थात् नेपाल र युरोपमा ज्यादै खेलिने स्नुकर र अमेरिकामा सात गोटी ( सेवेन बल पुल ) ले जानिन्छ l

आफु यो खेल देखि रमाउने र खेल्ने खेलाडी भएकोले नेपाली शब्द कोषमा नभेटिए पछि अनुसन्धान गरि आफैले रचेको शब्द ,यहाहरु यो पंक्तिकार संग बिमति हुनु होला ,म स्वागत गर्छु र मैले लेखेको हुने पर्छ भन्ने कदापी हैन तर युवा वर्गले भोलि यसको नेपाली के होला भन्ने रहर गरे भने यसलाई यसो पनि भन्दा रहेछन भन्ने मेरो झिनो आशा हो l

यसै गरि हामीले विदेशमा भन्दा नेपालमा आफ्नो भान्छामा सदैब दाल र बिसेष त खशीको मासु पकाउने भाडा प्रेसर कुकर लाई चापौड़ी या बफौड़ी भन्दा केहि फरक नहोला भन्ने लागेको छ l

र, किनभने काँसको भड्डूको भाडालाई सन्धि बिच्छेद अन्तर्गत जोड्दा कसौडी भए जस्तै प्रेसर भनेको चाप या बाफले सामान पाक्ने भएकोले चापौड़ी या बफौड़ी भन्ने लागेकोले यहि नामकरण गरेको होला भन्ने लागेको छ l

सबै शब्द कोसमा नपाईयता पनि बृहत शब्दकोषमा पाठक वर्गले पाउन सक्दछन भन्ने मलाई विश्वास छ l

र ,यसै गरि सफ्टवेरलाई नेपालीमा तन्त्रांश भन्ने भेटिएकोले सफ्टवेर इन्जिनीयरको नेपालीमा तन्त्रांश अभियन्ता भन्दा के हुन् सक्ला ?

पाठक वर्ग यी माथि लेखिएका नया शब्द संग यहाहरु सहमति ,बिमति ,स्वीकृत ,अस्वीकृत ,बहिस्कार ,तिरस्कार गर्न स्वतन्त्र हुनु हुन्छ l यो पंक्तिकार यहाहरुको पृष्ठ पोषणको लागि अपेक्षा गर्दछु l

अगाडी आफुले भने जस्तै हामीले जब सम्म शब्दहरु खेलाउदैनौ र प्रयोग गर्दैनौ तब सम्म हाम्रो नेपाली भाषा फक्रन सक्दैन l

हाम्रो अभिप्राय यहि हो किन सकभर नेपाली शब्दहरुको अत्यधिक प्रयोग गर्ने र प्रचलनमा ल्याउनु हो l

यदि यसो भएन भने भोलि भाषा खिचडी बन्दै जाने छ र शताब्दी पछि हामीले नेपालीमा अंग्रेजी मिसाएर बोलको हो या अंग्रेजीमा नेपाली मिसाएर बोलेको जस्तो सुनिने छ l त्यो छुट्टिन कठिन हुनाले नया शब्द सिक्दै जानु हामी सबै नेपालीको गौरबको बिषय हुनेछ भने नेपाली शब्द वृद्धि हुदै गएको देख्न र सुन्न पाउँ l

………………………………………………………………अस्तु
विजय

Leave a Reply