एएनए ३२ औं सम्मेलन आयोजक समिति गठन र निर्वाचन हुने

 

पौष २३, भर्जिनिया

विजय थापा ana-main-logo

एकतिस बर्ष अगाडी अमेरिकन सरकारको नियम अनुसार डिसीमा दर्ता भएको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन अमेरिका ,एएनएको आगामी ३२ औं सम्मेलन आउदो जुलाई ४,५ र ६ तारिख वाशिंगटन डिसीमा हुने भएको छ । एएनएको कार्यसमितिको निर्वाचन सहित सम्पन्न हुने सम्मेलनका लागि हेमन्त श्रेष्ठ संयोजक र लक्ष्मण प्रधान उपसंयोजक रहेको एक २१ सदस्यीय संयोजन समिति गठन भएको छपा बिज्ञप्तिमा उल्लेख गरिएको छ l

आयोजक समितिको गठन जनवरी ५ तारिक आइतवार बसेको बैठकले वाशिंगटन डिसी महानगर क्षेत्रमा विभिन्न संघ तथा संस्थामा आबद्ध ,अनुभवी ,समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्वहरुलाई छनौट गरि जिम्मेवारी सुम्पने निर्णय गरेको जानकारी संयोजक हेमन्त श्रेष्ठले बताएका छन l

१.हेमन्त श्रेष्ठः संयोजक– मूल आयोजक समिति

२.लक्ष्मण प्रधान –उप संयोजक – मूल आयोजक समिति ,संयोजक आर्थिक समिति

३.सरोज खनाल – संयोजक–सांस्कृतिक कार्यक्रम

४.सरोज प्रजापति – संयोजक–कार्यक्रम निर्माण समिति

५.चन्द्र लामा    – संयोजक – खेलकुद

६.कृष्ण सोब   – संयोजक – जनसंपर्क तथा पाहुना व्यबस्थापन समिति

७. प्रेम संग्रौला –संयोजक – नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र  (एनइसीसी) सहयोग समिति

८.लोकनाथ तिवारी – संयोजक – बजार व्यबस्थापन तथा आपूर्ति समिति

९.विजय श्रेष्ठ    – संयोजक  –  खाद्य व्यबस्थापन समिति

१०. कविन्द्र सीटौला – संयोजक – सहभागी दर्ता व्याबस्थापन समिति

११. रविना थापा   – संयोजक –  कार्यक्रम समन्वय समिति

१२. विष्णु थापा   – संयोजक – कार्यशाला संचालन समिति

१३. मृगेन्द्र हुमागाई – संयोजक  – सूचना प्रविधि व्यवस्थापन समिति

१४. मन्जु संग्रौला – संयोजक  – मेडिकल क्लिनिक संचालन समिति

१५. आनन्दु लामा थिंङ – संयोजक – स्वयमसेबक व्यवस्थापन समिति

१६. अर्चना मानन्धर – संयोजक  – शैक्षिक कार्यक्रम संचालन समिति

१७. केशर गुरुङ्ग – संयोजक – सुरक्षा व्यवस्थापन समिति

१८.गोविन्दसिं राउत – संयोजक – साहित्यिक कार्यक्रम संचालक समिति

१९. विष्णु शीतल  – संयोजक –  सूचना तथा संचार समिति मा रहेका छन् भने बाँकी दूई संयोजक अर्को बैठकले नियुक्त गर्ने जानकारी संयोजक श्रेष्ठले बताए ।

सम्मेलनलाई भव्य रुपमा सफल बनाउन संयोजकहरुलाई स्वतन्त्र रुपमा उप समिति निर्माण गर्ने अख्तियार दिइएको छ lनेपाल र नेपालीको चिनारीलाई थप उजिल्याउने मूल उद्धेश्य राखिएको बताउदै ३२ औ सम्मेलनले नेपाली कला–कौशल र उत्पादनको व्यापक प्रदर्शन गर्ने ,अमेरिकामा नेपाली उत्पादनको बजार विस्तार गर्ने र नेपालमा अमेरिकी पर्यटकको संख्या बृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले सो अनुसारका क्रियाकलापहरुलाई विशेष प्राथमिकता दिइने बताईएको छ l

शैक्षिक, साँस्कृतिक, ,सूचना तथा संचार, जनस्वास्थ्य, नीति निर्माण, खेलकुद र साहित्यिक विधामा ठोस उपलब्धि हुने खालका क्रियाकलापलाई प्राथमिकतामा राखिएको उल्लेख गरिनुको साथै सम्मेलनबाट हुने मुनाफामध्ये ५० प्रतिशत स्थानीय नेपाली शैक्षिक तथा सांस्कृतिक केन्द्र (एनइसीसी) म्यारिल्याण्डलाई प्रदान गरिने निर्णय गरिएको छ भने २५ प्रतिशत स्थानीय संघ /संस्था र २५ प्रतिशत एएनएका लागि प्रदान गरिने भएको छ ।

२९ औ ए एन ए सम्मेलन डिसीमा भएको थियो भने उक्त सम्मेलनले करिब १० हजार मुनाफा दिन सफल भएको थियो l  र ए एन ए को ईतिहासमा दूई पटक सम्मेलन संयोजक बन्ने अवसर पाएका हेमन्त श्रेष्ठले उक्त छापा बिज्ञप्तिमा सबैको साझा संस्था भएकोले सहयोगको अपेक्षा गर्दै सफल तुल्याउन अनुरोध गरेका छन् l

 

Leave a Reply