आरती सुनार विश्वकै सबैभन्दा होची महिला !(भिडियोसहित)

पर्वतको भोर्ले गाउं विकास समिति वडा नं–३ की आरती सुनार विश्वकै सबैभन्दा होची महिला भएको दावी परिवारजनले गरेका छन् । ११ वर्ष पुगिसकेकी सुनारको उचाई २६ इन्च मात्र छ भने तौल ५ किलो मात्र रहेको छ । २०६१ साल फागुन १५ गते जन्मिएकी आरती जन्मदा ५ सय ग्राम तौल रहेको थियो ।

जन्मदा केही कमजोर भएपनि स्वास्थ्य स्थिती भने राम्रो थियो । चिकित्सकहरुले गर्भमै वच्चाको वृद्धि विकास नभएको भनेपनि जन्मिएपछि उनको शारिरिक वृद्धि हुनसक्ने भनेका थिए तर, उनको ११ वर्ष उमेर पुग्दा पनि वृद्धि नभएका कारण उनको परिवारमा चिन्ता छाएको छ ।

सामान्य झाडापखला लागेपछि छिमेकी जिल्ला स्याङ्जाको वालिङमा उपचारको लागि ल्याउने क्रममा वालिङ स्थित मल्ल फार्मेसीले पत्रकारलाई खवर गरेपछि उनको वारेमा थाहा हुन पुगेको हो ।

आरतीकी आमा सामान्य लेखपढ हुन भने वावु भारतिय सैनिकका रुपमा रोजगारीका लागि भारत स्थित नागाल्याण्डमा कार्यरत छन् । दुई छोरा र एक छोरी रहेको उनीहरुको दुईवटा छोरा भने सामान्य छन् ।

यसअघि वाग्लुङका खगेन्द्र र दाङका चन्द्रवहादुर डांगीले सबैभन्दा होचो व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ता गराइसकेका छन् ।

Source: ImageKhabar

Leave a Reply