All posts by Amricane

दशैं आयो, मलाई छुदै नछोइ टाढा बाट गयो !

यो पाली पनि सदा झै दशैं आयो, अनी सदा झै सबै तिर खुशी ल्यायो सबै को मुख मा मुस्कान ल्यायो तर सबैलाई आएको दशैं मेरो घर तिर चै नपसी गयो । दशैं ले मलाई आफ्नो नभनी , म सँग बोल्दै नबोली पर बाट गयो ।

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

बिना सित्ती साउ को गाली खाने चोर्दै नचोरी चोर् हुने काम सुरु गरेकै भोलि पल्ट फाएर हुने साउ ले जे भने पनि लुखुर लुखुर मान्ने म बेबस लुटे कुकुर जस्तो म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

सरकार(बाबुराम), म कसरी अयोग्य भए ?

सरकार म कसरी अयोग्य भए? हजुर को आग्या मा हतियर उठाय, कती लाई गोली ठोके ; कती लाई छप्काय; तर सरकार आज मै तपाईं को लागि काम नलग्ने भए, सरकार म कसरी सरकार म कसरी अयोग्य भए?