BBC Sajha Sawal Episode 288: Prospects of Tourism in Nepal

बर्सेनी ३० हजारभन्दा बढी पर्यटकहरू लुक्ला विमानस्थल अवतरण गरी पदयात्रा र सगरमाथा आरोहणका लागि सोलुखुम्वु जिल्लाको खुम्वु क्षेत्र जाने गर्छन् । योसहित देशका अन्य विभिन्न क्षेत्रमा घुम्न जाने पर्यटकहरू कस्ता छन् त? यिनीहरूबाट देशले के फाइदा लिन सकेको छ? त्यसो त, तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको पनि यसै साता ६० बर्ष हुँदैछ भने नेपालमा पर्यटन व्यवसाय शुरू भएको पनि लगभग त्यति नै भएको छ । पर्यटन क्षेत्रमा देशको लगानी र त्यसले दिने प्रतिफलका बारेमा सोलुखुम्वुमा तयार गरिएको यो साझा सवालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बालकृष्ण घिमिरे, ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापा र पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठ हुनुहुन्छ । -bbcsajhasawal

Leave a Reply