BBC Sajha Sawal Episode 295: Voter Registration & ID Card

“मतदाता नामावलीमा नाम नहुनेले चुनावमा भोट हाल्न र उम्मेदवार बन्न पाउँदैन। फोटो सहितको मतदाता परिचयपत्रका लागि फोटो खिच्ने र दर्ता गर्ने समय अव निर्वाचन आयोगको तालिका अनुसार हप्तादिन मात्र बाँकी छ । चुनावमा भोट हाल्न तपाईले नाम दर्ता गराउनु भयो त? आज साझा सवालमा हामी मतदाता नामावलीमा कसरी नाम दर्ता गराउने, कसरी बन्छ मतदाता परिचय पत्र भन्ने विषयमा छलफल गर्दैछौं । राजधानीमा तयार हुँदै गरेको आजको कार्यक्रममा ५० जना सहभागीको अगाडि हुनुहुन्छ गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक सहसचिव तुलसी प्रसाद गौतम र छलफलका लागी हामीसँग प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती हुनुहुन्छ । राजधानीका सहभागीसँगै हामी भिडियो लिंकमार्फत काठमाण्डौबाट उत्तरपूर्वमा पर्ने सिन्धुपाल्चोक चौताराका मतदाताहरुसंग पनि प्रत्यक्ष कुराकानी गर्नछौं ।” -bbcsajhasawal

Leave a Reply