BBC Sajha Sawal Episode 296: Are Political Parties Really Corrupt?

“धेरैलाई लाग्छ नेतालाई भनसुन नगरी कुनै काम बन्दैन । हुन पनि भ्रष्टचार सम्वन्धी पछिल्लो पटक सार्वजनिक एउटा प्रतिवेदनले नेपालीको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु नै सबैभन्दा भ्रष्ट भएको देखाएको छ । ‘मनसुनको खेती र भनसुनको जागिर’ भन्ने उखान त चलेको हो । तर किन धेरैलाई राजनीतिक दल र नेता भ्रष्ट छन् भन्ने लागेको होला? ट्रान्सपरेन्सी इन्टरनेशनलको ‘ग्लोबल करप्सन ब्यारोमिटर २०१३’ ले नेपालमा सर्वाधिक भ्रष्ट निकाय राजनीतिक दल भन्ने प्रतिवेदन सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले गरेको अध्ययन क्रममा सहभागी ७० प्रतिशत उत्तरदाताले राजनीतिक दलहरुलाई भ्रष्ट भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि निजामति कर्मचारी र प्रहरी, न्यायपालिका आदि । दलहरु भ्रष्ट छन भन्ने मानिसहरुलाई किन लागेको होला? छलफलका लागि हामीसँग ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख विष्णु बहादुर केसी, नेपाली कांग्रेसका नेता नरहरि आचार्य र बामपन्थी विचार बोक्ने लेखक हरि रोका हुनुहुन्छ । सहभागिको अग्रपंक्तिमा स्थानीय निकायमा भएको भ्रष्टाचार रोक्न माग गर्ने अभियानकर्मी शारदा भुषाल झा हुनुहुन्छ ।” -bbcsajhasawal

Leave a Reply