टेक्सासको अर्भिङ्ग शहरमा बुद्ध मुर्ती अनावरण

नेपाल सान्स्कृतिक तथा अध्यात्मिक केन्द्र र नेपाल नेवा: एसोसियसन को सयुक्त आह्वानमा भएको शन्तिका दूत भगवान बुद्ध को मुर्ती प्रतिस्ठापन तथा बुद्ध पूजा आज टेक्सासको अर्विङ शहर मा अवस्थित नेपाल सान्स्कृतिक तथा अध्यात्मिक केन्द्र भवनमा भब्यताका साथ सम्पन्न भयो । बिभिन्न नौ वटा देशका भन्ते भिक्छुहरुको सन्लङतामा भगवान बुद्धको मुर्ती को उद्घाटन जेष्ठ भियत्नमी भन्तेद्वारा बौधिक मन्त्रोचारण बाट गरिएको थियो । पूजाको सयोजकत्व न्यू जर्सीबाट पाल्नु हुने नेपाली भन्ते बिनितले बुद्ध पूजा तथा महपरित्राण गर्नु भएको थियो । बिभिन्न देशबाट आउनु हुने सबै भन्तेहरु द्वारा नेपालका तारा गौतम बुद्ध को मूर्ती नेपाली मन्दिरमा स्थापना भएको यो एतिहसिक दिन को प्रत्यक्छ्यदर्शी बन्न पाएकोमा खुशी ब्यक्त गर्नुका साथे सम्पूर्ण नेपालीहरुलाई शुभ-कामना ब्यक्त गर्नु भयो ।

1

तेस्पस्चात कार्यक्रमको सन्चालन नेपाल नेवा: एसोसियसनका कार्यकर्ता श्री प्रमेश श्रेष्ठ ले गर्नु भएको थियो । कार्यक्रमको स्वागत भाषण श्री मकर बज्रचार्य द्वारा गर्नु भएको थियो भने नेपाल सान्स्कृतिक तथा अध्यात्मिक केन्द्रका तर्फ बाट डा मुरली अधिकारीद्वरा केन्द्रको ईतिहास र यस केन्द्रको परिचय दिनु भएको थियो र यस केन्द्रमा सबै धर्ममा विश्वास र आस्था राख्ने सम्पूर्ण नेपालीको साझा केन्द्र हो र सम्पूर्ण डालस बासी नेपालीहरु लाई यस् सस्थामा स्वागत छ भन्नु भयो । नेपाल नेवा: एसोसियसनको परिचय श्री स्वयम्भु शाक्यले दिनु भएको थियो र बुद्ध मूर्ती स्थापना गर्न आफु र आफ्नो सस्थाबाट सहयोग गर्न पाउदा ज्यादै हर्षित हुनु भएको बताउनु भयो । कार्यक्रमको अन्तमा नेपाल नेवा: एसोसियसनका कजी श्री राम गमाल द्वारा कार्यक्रम्मा पाल्नु हुने सम्पूर्ण धर्मलम्बी तथा श्रधालु भक्तजन स्वयम सेवक र सस्थाका कार्यकर्ता हरु सबैलाईहार्दिक धन्यवाद र शुभ- कामनाका साथै, मूर्ती स्थापना गर्न सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रम झन्डै ४ घण्टा लामो थियो र कार्यक्रम पछी प्रशाद बितरण गरिएको थियो । सो कर्य्क्रममा झन्डै ४०० जना को सहभागीता थियो भगवान बुद्धको मूती ५ फिट २ इन्च रहेको सो बिशाल मूर्ती नेपालको पाटन निवासी अमिर शाक्यले बनाउनु भएको थियो । डालसको सबै सस्थाका सदस्यहरु उपस्थित भएको सो कार्यक्रम भब्य्ताका साथ सम्पन्न भएको सबै डालसबासी नेपाली हरु खुशीले गद गद भएको देखिन्थ्यो ।

17

3

More Photos

»TexasNepal Gallery (Photos by Sanjay Mukhia)

» Facebook Album by Nepal Newah Association of DFW (Photos by Pixel6)

News contributor: Swoyambhu Shakya

Leave a Reply