Call me after 9 – नपढ ल before 9

भन्नु त धेरै थियो

सुन्नु नि धेरै थियो

तर ऐले समय छैन

Call me after 9

 

घर फोन नगरेको महिनौ भयो

कस्को कस्तो छ थाहा नभको धेरै भयो

किन कि म bg छु americanized भको छु

म सँग time छैन कसै सँग धित मारेर कुर गर्न लाई

एक छिन बसेर खुलेर हास्न लाई

काम काम काम अनी part-time पढाई

खै फुर्सत मलाई कसै सँग खुलेर बोल्न लाई

के गर्ने talk time नै छैन

call me after 9

 

 

यहाँ त बोल्ने time नि fixed हुदो रैछ

पैसा तिरेर plan किन्न पर्ने रैछ

जती बोल्यो त्यति धेरै पैसा

बोल्न ने पैसा तिर्न पर्ने

के गर्ने संगै बसेर कुर गर्ने time छैन

mobile मा कल गर

तर call call me after 9

 

घर को भात कस्तो हुन्छ स्वाद नै बिर्सी  सको

mcdonald को menu भन्दिउ कन्ठै भइसको

dating पनि हिजो आज fast track भको छ

घुम्न जाने टाईम छैन text बाटै भेट्नु पर्या छ

के गर्ने उस्को र मेरो talk time नै छैन

सो darling call me after 9

 

 

साथी छ कहाँ छ थाहा छैन

उ पनि bg छ म सँग त time नै छैन

कैले काँही फोन गर्छ

ए ऐले bg छु म

call me after 9

 

 

हिजो एउटा साथी बिरामी परेछ

दिन भर थला परेर ओछ्यान मा सुतेछ

थाहा त बिहानै पाको थे

बिचरा ले आँफै फोन गरेथ्यो

तर म bg थे

manager कराउदैथ्यो

हत्त पत्त भनि हाले ओइ ऐले म bg छु

(बाचिस भने)

call me after 9

 

संगै apartment मा दिदी दाई छन

भाई कता छ भनेर फोन गर्छन्

२-४ दिन भो मुख नदेखेको appartment नै छोडेर गइस कि क्याहो रे

मैले भने ऐले २ shift काम गर्दै छु

तपाईं हरु सुते पछी कोठा मा आउछु अनी सब उठ्नु भन्दा अगाडि जान्छु

ऐले boss संगै छ

call me after 9

 

घर बाट फोन आउछ

rest-room भन्दै बहिर निस्कन्छु

ए भाई ऐले काम मा छु

talk time नि छैन

एसो गर न है

call me after 9

Leave a Reply