‘कालोधन’ नेपाल फर्काउन सम्भव छ ? (भिडियोसहित)

स्वीट्जरल्यान्डको स्वीस बैंकमा ८ जना नेपालीले कालोधन थुपारेकोबारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने भएको छ । विभागका महानिर्देशक केबल भण्डारीले मंगलबार हामीसँग कुरा गर्दै कालोधन थुपार्ने नेपालीको विवरणबारे स्वीट्जरल्यान्ड सरकारसँग छलफल गरी कानुनी प्रक्रिया अघि बढाउन लागिएकोजानकारी दिए ।

सार्वजनिक भएको विवरणलाई आधार बनाई राष्ट्र बैंकसँग समन्वय गरेर अनुसन्धान अघि बढाइने उनको भनाइ छ ।

कालोधन पुष्टि भए जम्मा भएको रकम नेपाल झिकाउन स्वीस बैंकसँग समन्वय गर्ने योजना पनि महानिर्देशक भण्डारीले सुनाए ।

कालोधन राख्ने भनिएकाहरुलाई कानुनी कठघरामा उभ्याइ छाड्ने उनको प्रतिबद्धता थियो ।

यसअघि, ८ जना नेपालीले ५ अर्ब ४० करोड रुपैयाँ कालोधन राखेको तथ्य बाहिर आएको थियो । यद्यपि, तिनको नाम भने गुपचुपै छ ।

Leave a Reply