Category Archives: Blog

नेपाली भाषा तथा सांस्कृतिक बिध्यालय

नेपाली भाषा तथा सास्कृतिक बिध्यालय डालस मेट्रोप्लेक्स को अर्विङ र डेन्टन शहर गरी २ ठाउँमा अवस्थित छन् | नेपाली सोसाइटी टेक्सास र अन्तरस्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत सन्चालित यी दुई स्कूलहरुको स्थापना आजभन्दा ५ वर्ष अगाडि भएको हो | यो भन्दा अगाडि डालसका समाजसेवी, अभिभावक तथा बौधिक ब्यक्तित्वहरुको अग्रणिमा अर्विङको हिन्दू मन्दिरमा पहिलोपल्ट बिधिवत स्थापना … Continue reading नेपाली भाषा तथा सांस्कृतिक बिध्यालय

जातिय आन्दोलन आत्मघाती नबनुन्

हामीले जाने बुझेको ईतिहास भनौ लेखिएको ईतिहास, किम्बदन्ती र परम्परा, सन्स्क्रिती र चाड पर्बको आधारमा भन्दा नेपालमा जातिय र क्षत्रिय बिभेद थियो र कुनै न कुनै रुपमा अझै पनि छ भन्ने कुरा घाम जस्तै छर्लङग छ । एकातिर देश र समाजको सामाजिक परिस्थिती अर्कोतिर राज्यद्वारा बितरण गरिने साधन र श्रोतको असमानताले समाजमा कथित उपल्लो र … Continue reading जातिय आन्दोलन आत्मघाती नबनुन्

पम्फा देखी पबी सम्मको यात्रामा चेली

उसको नाम पबी हो । कुनै बिकसित देशको कलेजमा पढ्न नाम दर्ता गरेकी छ । काम नगरि पढ्न नसक्नु उस्को बाध्यता हो । त्यसैले एउटा ग्यास स्टेसनमा क्याशिएरको काम गर्छे । उस्को हाउभाउ र चाल्चलन हेर्न लायककै छ । लज्जा नारिको गहना हो भन्ने नेपाली उखान उस्ले बिर्सिसकी । जो सँग पनि मस्किएर बोल्नु उस्को बानी मात्र होइन बाध्यता पनि हो किनकी साहुले सबै ग्राहक सँग हासेर बोल्नु पर्ने नियम नै बनाइदियको छ । तर पबी त्यो भन्दा पनि उदार छे । राम्रो सँग नमिलेका दात ङिच्च देखाउन उस्लाई खोइ किन हो अती मन पर्छ । अली खाइलाग्दो त्यस माथि अस्वेत युबक देखी भने त उस्को चेहरा नै अर्कै हुन्छ । धपक्क बल्छ उस्को अनुहार । उत्ताउली हुँदै कती सँग त अङ्कमाल गर्नै बाहिरै आइपुग्छे । कती ग्राहक त “पबी” कै लागि लामै यात्रा गरेर आइपुग्छन् । समग्रमा उ हसिली, फरासिली र नेपाली सन्स्कार अनुसार उत्ताउली छ । बाँकी फेरी भनौला एक्छिन उ को हो चिनौ । उस्को पृष्‍ठभुमी बारे कुरा गरौ ।

नचिनेको साली र डिएफडब्लुनेपाल डट कम

लिविङ रुममा समानहरु छरपस्ट छन् । तिस डलरको टि.भी मा बिज्ञापन बजिरहेछ । हुलाकले पठाएका चिट्ठी पत्रहरु यत्र तत्र सर्बत्र छन् । “जती च्यात्यो उती आइरहने” झनक्क रिस उठ्छ । ढिलो उठेकोले भोक औधी लागेको छ । भान्छामा छिर्छु, फ्रिज खोल्छु । फ्रिजमा पकाएर हिजो अस्ति देखि राखेका बासी खानेकुराहरु प्लास्टिकको भाडामा बिर्कै नलगाइ राखिएका … Continue reading नचिनेको साली र डिएफडब्लुनेपाल डट कम