Category Archives: Poems

English and Nepali Poems

बुद्ध तिमी कहाँ छौ

बुद्ध, आज बल्ल फुर्सद मिल्यो मलाई, तिम्रो धेरै याद आयो, तिमीले सिकाको बाटो हरु सम्झन मन लाग्यो, तिम्रो मन्त्र मा एक छिन मन्त्र मुग्द मन लाग्यो, बुद्ध तिमी कहाँ छौ ?

दशैं आयो, मलाई छुदै नछोइ टाढा बाट गयो !

यो पाली पनि सदा झै दशैं आयो, अनी सदा झै सबै तिर खुशी ल्यायो सबै को मुख मा मुस्कान ल्यायो तर सबैलाई आएको दशैं मेरो घर तिर चै नपसी गयो । दशैं ले मलाई आफ्नो नभनी , म सँग बोल्दै नबोली पर बाट गयो ।

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

बिना सित्ती साउ को गाली खाने चोर्दै नचोरी चोर् हुने काम सुरु गरेकै भोलि पल्ट फाएर हुने साउ ले जे भने पनि लुखुर लुखुर मान्ने म बेबस लुटे कुकुर जस्तो म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो