Do you know Buddha was born in Nepal ?

चारै तीर कोलाहाल
हत्या हिंसा भ्रस्टाचार
देस हो की चिड़ियाघर
सबै तीर छ  बेहाल
तर
Do you know Buddha was born in Nepal?

समाचार सधै नराम्रो छाप
टूरिस्ट लुटिन्छ दिन का रात
माओबादी अझै हतियार राख
सेना पुलिस को आफ्नै राज
तर पनि सुन्दर शान्त बिशाल
And Do you know buddha was born in Nepal ?

एयरपोर्ट मा बत्ती छैन बिजुली नहाल
अस्पताल मा ओटीको नी बेहाल
छिमेकी भन्छ नेपाल हमारा है
तै पनि तेइ छिमेकी को दान को आस
खै कहा छ नेपाली स्वाभिमान
खै किन छैन हाम्लाइ लाज
तैपनि भन्न नछोड़
Buddha was born in Nepal

सगरमाथा फोहोर को माथ
सुकी सक्यो फेवा ताल
अंतराष्ट्रीय बिमानस्थल सपना खोला मा हाल
कमीशनको खेल न जग्गा पास
लुम्बिनी धन्न जापान को ढाँड
तै पनि गर्ब छ नेपाली लाई
किनकी
Buddha was born in Nepal ..

अशान्त मधेस भारतीय जाल
नेता सधै खुर्ची कै पछि भाग
देस खोक्रो सांसद मालामाल
नेता ज्यु को लाख को खाट
तै पनि हामी चुपचाप
किनकी शान्ति प्रेमी हामी नेपाली
Because Buddha was born in Nepal !!

बुद्ध आइले जन्मेको भए
मुम्बई मा गोर्खे हुन्थे
खाड़ी मा भेड़ा हेर्थे
अमेरिका मा शरणार्थि बन्थे
अनि ठिक्क पर्थो नेपाली लाई
अनि कसरी भन्थे संसार लाई
Do you know buddha was born in Nepal !!

Leave a Reply