बाढीले तिनाउ नदीको पुल बगायो (LIVE VIDEO)

अविरल वर्षापछि आएको बाढीले बुटबलको तिनाउ नदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । बुटबल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको पुल बगाउँदा दुई प्रहरी घाइते भएका छन् ।

नदीमा पानीको बहाब बढेर पुल जोखिममा परेपछि स्थानीयबासीलाई खबरदारी गर्न र पुलबाट ओहोर दोहोर गर्न नदिन बसेका प्रहरी बाढीले पुल बगाएपछि घाइते भएका हुन् ।

बढ्दो पानीको बहाबसँगै नदी बस्तीतिर पसेपछि तीन घरमा क्षति पुगेको छ ।

Leave a Reply