राजेश दाइ र रजनीकान्तको अचानक जम्काभेट

Home Forums Jokes राजेश दाइ र रजनीकान्तको अचानक जम्काभेट

Viewing 0 reply threads
  • Author
    Posts
    • #13094
      nepaliketo
      Member

      एकपटक प्लेनको यात्रामा राजेश दाइ र रजनीकान्तको अचानक जम्काभेट भएछ। वल्र्डकै टप टु पर्सन एउटै स्थानमा भेट भएपछि दुई जनामा बाजी परेछ। रजनीकान्तले सोधेको प्रश्नको उत्तर राजेश दाइले दिन नसके ५ डलर र राजेश दाइले सोधेको प्रश्नको उत्तर रजनीले दिन नसक्दा ५ सय डलर तिर्ने सहमति भयो। रजनीकान्त : पृथ्वी र चन्द्रमामा के फरक छ ?

      उत्तर नआएर राजेश दाइले चुपचाप ५ डलर तिरेछन्।

      राजेश दाइ : कुन जनावर तीनवटा खुट्टासहित हिमाल यात्राको क्रममा जान्छ, र्फकंदा चारवटा खुट्टासहित र्फकन्छ ?

      रजनीकान्त दुई घन्टासम्म सोच्दा पनि उत्तर नआएपछि ५ सय डलर दिन बाध्य हुन्छन्।

      रजनीकान्तले सोध्छ : उत्तर के हो ?

      राजेश दाइ फेरि शान्त भएर ५ डलर फिर्ता दिन्छन्, किनभने उत्तर नआएपछि उनले ५ डलर मात्र तिर्नु पर्ने हुन्छ।

Viewing 0 reply threads
  • You must be logged in to reply to this topic.

Connecting Global Nepali Speaking Communities