Nepal Banda – a poem by Madan Krishna Shrestha

Home Forums Chhalfal Nepal Banda – a poem by Madan Krishna Shrestha

Viewing 0 reply threads
  • Author
    Posts
    • #13480
      Admin
      Keymaster

      ‎” नेपाल बन्द “
      रचना: मदन कृष्ण श्रेष्ठ 19th Feb 2013

      वर दु:ख छ पर पुगौं न, मन ले भन्दछ
      के गर्नु मन तिमी नै भन, नेपाल बन्द छ
      मलाई नसांच चाडै सकाउ, काम ले भन्द छ
      के गर्नु काम हात खुट्टै जाम, नेपाल बन्द छ

      जबर्जस्ती हिडौं भने खुट्टै भाचिदेला भन्ने डर
      घरमै बसिरहु भने भन्छ पेटले भोक भोकै मर
      काम दाम भड़क्यो मेरो प्रगति नै पड्क्यो
      जिन्दगी को पाइला पाइला बन्द मा अड्क्यो

      वारी दु:ख छ पारी पुगौ न मन ले भन्दछ
      के गर्नु मन तिमी नै भन नेपाल बन्द छ

      खुल्ला बुद्धी खुल्ला हावा खुल्ला बाटो खुल्लै आकाश राम्रो
      बन्द बुद्धी बन्द हावा बन्द बाटो हुनुहुन्न हाम्रो
      प्रगति को आधार हो फराकिलो बाटो
      बाटो सधैं खुल्ला राखौं बन्द को साटो

      सारै ढिलो भो दौड न दौड प्रगति ले भन्दछ
      के गर्नु प्रगति दुर्भाग्य मेरो नेपाल बन्द छ

      Source: Madan Krishna Shrestha Facebook Page
      Original Post Link: https://www.facebook.com/permalink.php?story_fbid=351366358311772&id=264026317045777

      [attachment=0:3881tpgc]nepal-banda-madan-krishna-shrestha.png[/attachment:3881tpgc]

Viewing 0 reply threads
  • You must be logged in to reply to this topic.

Connecting Global Nepali Speaking Communities