Interview with Anuradha Koirala

नेपालका प्रभावशाली व्यक्तिहरुको नाम लिने हो भने अनुराधा कोइरालाको नाम उच्च कोटीमा आउंछ । समाजसेवाबाटै ख्याती कमाउनु भएकी अनुराधा कोइराला देश भित्र र विदेशबाट पटक पटक सम्मानित हुनुभएको छ र विगतमा मन्त्री समेत हुनुभयो । माइती नेपाल नामको गैरसरकारी संस्था स्थापना गरेर बेचिएका चेलीबेटीको उद्वार र पुनर्स्थापनामा कृयाशील कोइराला आज टफटकमा हुनुहुन्छ । ओखलढुङ्गाको रुम्जाटारमा गुरुङ परिवारमा जन्मिएकी कोइरालाले अध्ययन भारतमा गर्नुभएको हो । र, उहाँको ख्याती पनि विशेषगरी भारतमा बेचिएका नेपाली महिलाहरुलाई स्वदेश फर्काउन गरेको पहलबाटै हुने गरेको छ ।

Leave a Reply