Interview with Dr. Narayan Khadka – Tough Talk

दक्षिण एसियाली राष्ट्रहरुको सार्क शिखर सम्मेलनको बेला काठमाडौं अन्य बेला भन्दा निकै सुन्दर र भव्य पनि देखियो । सडकको बीच र दायाँबायाँ फूल र रुखविरुवा रोपेर बनाइएका साना बगैँचाले थपेको हरियाली, सडकको विस्तार र उचित सरसफाई तथा रंगरोगनले राजधानीलाई सुन्दर बनाएको थियो । तर, शिखर सम्मेलन सकिएको भोलिपल्ट देखि नै सडक किनारका बगैँचामा गाइ बस्तु चरेका, बटुवाहरुले रुख बिरुवा र फूल लछार्दै हिंडेका दृश्य प्रशस्तै देखियो । अनलाइन र सामाजिक सञ्चालहरुमा त नागरिक नचेते सम्म राज्यले मात्र शहर सुन्दर बनाउन नसक्ने कुरा समेत आए ।

आज म शहरी विकास मन्त्री नारायण खड्कासँग काठमाडौंको सिमित ठाउँमा भए पनि भएका सुन्दरतालाई कसरी जोगाउने, काठमाडौंको अन्य भाग र अन्य शहरलाई कसरी सुन्दर बनाउँदै लाने भन्ने विषयमा वहस गर्दैछु । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष रहिसकेका डा. खड्कासँग नेपालमा व्यवस्थित शहरको सरकारी योजनाबारे जान्ने प्रयास गर्दैछु । – Tough Talk with Dil Bhusan Pathak

Leave a Reply