Interview with Dr Swarnim Wagle – Tough Talk

गोर्खाको सामान्य परिवारमा जन्मिएका एक नेपाली युवाले विश्वका टप मानिनेअमेरिकाको Harvard, बेलायतको London School of Economics र अष्ट्रेलियाको Australian National University मा छात्रबृत्तिमाउच्च शिक्षा अध्ययन गरे ।

चीनसहित विभिन्न देशको वैदेशिक लगानी निती निर्माणमा सहयोग गरेका स्वर्णीम वाग्ले केही महिना अगाडि सम्म विश्व ब्या‌कको अमेरिकास्थित मूख्यालयमा बरिष्ठ अर्थशास्त्रीका रूपमा काम गर्दै थिए । गत बर्ष संसारभको मानव विकास प्रतिवेदन (Human Development Report 2013) को सह-लेखन गरेका वाग्ले नेपालमै केही गर्न पर्छ रगर्न सकिन्छ भन्दै अहिले राष्ट्रिय योजना आयोगको सदस्य भएर आएका छन् ।

वाग्लेले आर्थिकरुपमा ठूलो मूल्य चुकाएर र धेरै संभावना भएको अन्तराष्ट्रिय करियरलाई पनि थाँति राखेर नेपालफर्किएका हुन् । उनीसँग आज टफ टकमा म नेपालको संभावना, समृद्धि र चुनौतिका बारेमा बहस गर्दैछु । ५० वर्ष अगाडिसम्म हाम्रै हारहारी र हामीभन्दा कमजोर राष्ट्रले आर्थिक विकासमा फड्को मारिरहँदा हामी कहाँ कमजोर भयौं, अब नेपालको समृद्धि तर्फको यात्रा कस्तो हुन्छ ?

Leave a Reply