संबिधानसभा द्वारा संबिधान बनेको राष्ट्रबाट सिक्ने कि ?

bj 3संविधान सभा (वा संवैधानिक सम्मेलन) संविधान निर्माणको लागि गठन गरिएको एउटा संरचना हो । नेपालमा संविधानसभामार्फत संविधान बनाउने वहस २००७ सालबाटै सुरु भएको हो । विश्वका अभ्यासहरुलाई हेर्दा संविधान निर्माणको उद्देश्यहरु एउटै पाइदैनन् l राज्यको बिबिध अवस्था र राज्य भित्रको द्धन्द्ध समाधान गरी शान्ति स्थापना गर्ने उद्देश्यलाई सहयोग पुर्‍याउन नयाँ संविधान निर्माण गरिएका दृष्टान्तहरु भेटाउन सकिन्छ ।ग्वाटेमाला, केन्या, रुवाण्डा, निकारागुवा, फिजी, अफगानिस्तान, कम्वोडिया, वुरुण्डी आदि देशका प्रयासहरु यसका उदाहरण हुन् । विभिन्न कारण कतिपय अवस्थामा नयाँ सत्ता स्थापना गर्न नयाँ संविधानको आवश्यकता परेको देखिन्छ ।नेपाली कांग्रेसले भारतको वैरगनिया राष्ट्रिय सम्मेलनद्वारा राणा शासनको अन्त्यपछि जनताका प्रतिनिधिले बनाउने संविधानद्वारा शासन प्रणाली अगाडि बढाउने भनि गरिएको निर्णय थियो l

वीसौं शताब्दीको अन्त्य र २१औं शताब्दीको आरम्भलाई संविधान निर्माणको यूग मान्ने गरिन्छ । नब्बेको दशक पछि संसारका करिव दुई सय संविधानहरु मध्ये आधा जति संविधानमा धेर थोर संसोधित भएको पाईएको छ । नेपालमा सन् १९९० मा नयाँ संविधान अवलम्वन गरियो l र ,यहि आउदो माघ ८ गते फेरी हुने भनिएको संविधान निर्माण प्रक्रियामा मुलुक अगाडि बढेको छ तर संबिधान बन्ने सकारात्मक संदेश आई रहेको छैन l

२००७ साल फागुन ७ गते राजा त्रिभुवनले जनताद्वारा निर्वाचित भएको वैधानिक सभाले तर्जुमा गरेको गणतान्त्रिक संविधान अनुसार शासन सञ्चालन हुने घोषणा गरे र प्रतिनिधित्व ऐन २००८’ जारी गरिए पनि कार्यान्वयन भएन ।

यसै गरि २०६९ साल जेठ १४ गते संविधान जारी नगरी संविधानसभा विघटन हुन् पुग्यो । संसारका दुई सयभन्दा बढी मुलुकमध्ये करिब ४० मुलुकमा मात्रै संविधानसभाबाट संविधान बनेको पाइन्छ । अधिकांस मुलुकमा संविधानसभाको निर्वाचन भएपनि नेपालमा जस्तै असफल भएको दृष्टान्त उत्तिकै देखिन्छन् ।

तर पनि ईराकले १ बर्ष ,कम्बोडिया ,पूर्वी टिमोर ,अफगानिस्तान जस्ता द्वन्दले जर्जर भएको मुलुकले संबिधान निर्माण गरि छोड्यो l

सर्वप्रथम फ्रान्समा १७८९मा गठन भएको संविधानसभा विधायिकी सभाले प्रतिस्थापन गरे पछि १७९१ मा संविधान बनाएर विघटन भयो । पाकिस्तान १९५४, इटली १९४६, इजरायल १९४८, टर्की १९६१, नर्वेमा १८१४, अर्जेन्टिनामा १८५३,जर्मनी १९१९, लिथुआनिया १९२०, आयरल्याण्ड १९२२, भारत १९४९, दक्षिण अफ्रिका १९९४, पूर्वी टिमोर १९९६ र भेनेजुयला १९९९ मा संविधानसभाबाट संविधान बनाइसकेको प्रसस्त उदाहरणहरु पनि छन् l

रुसमा सन् १९१८मा संविधानसभा गठन भए पनि संविधान जारी गर्न असमर्थ भयो । संविधानसभाबाट सरल तरिका बाट संविधान बनेको राष्ट्र दक्षिण अफ्रिकाको उदाहरण नेपालको लागि अनुकरणीय हुन् सक्दछ । द्धन्द्धको मारमा परेको राष्ट्रका लागि द्धन्द्ध पश्चातको समयमा संविधान निर्माण गर्नु नयाँ थालनीको अवसर हो l

तथापी यस्तो अवस्थामा राष्ट्रको अखण्डतालाई कसरी बचाउने भन्ने अर्को जोखिम रहिरहने हुनाले अधिकांश विश्वमा घटेका अभ्यासले सिकाएको एउटा तितो सत्य हो l

नागरिक शिक्षाको अभाव, अवधारणाको अस्पष्टता तथा संविधानसभाको बनावट बीच सन्तुलनको अभावको कारण विश्वमा अधिकांस मुलुकमा संविधानसभाद्वारा संविधान निर्माण गर्ने कोसिस गरिएता अन्ततगत्वा संबिधान बन्न बाट बन्चित भएको देखिएको छ l

सन् २००० पछि विश्वका थुप्रै संविधानमा परिवर्तन भएको छ । उदाहरणका लागि सन् २००२ मा पूर्वी टिमोर र इन्डोनेसिया सन् २००३ मा ,रुवान्डा सन् २००४ मा मध्ये अफ्रीकी गणतन्त्र ,अफगानिस्तान सन् २००५ मा ,इराक ,अर्मानिया र कतार सन् २००६ मा कङ्गो र बोलिभिया सन् २००७ मा ,थाइल्यान्डमा सन् २००९ मा ,सन् २००० मा फिनल्याण्ड र फ्रान्स सन् २००१ मा कोमोरस ग्रीस केन्या र सेनिगल ,बोलिभियामा संविधानहरु परिवर्तन गरिएका छन् ।

गल्ति मानिसबाट हुने हुन्छ , चार बर्ष सम्म भएका गल्तिबाट सबै राजनैतिक दलले पाठ सिकी सकेको स्वीकार गरेता पनि असहमतिको गाठो फुक्न सक्ने अस्वस्था देखिदैन l राजनीतिक नेतृत्वले असल कार्यहरुको श्री गणेश गर्न सक्दछन र यसका लागि कुनै पनि प्रकारको नयाँ सहमतिको खाँचो पर्दैन ।

संविधान राष्ट्र र जनताका लागि हो l संबिधान राष्ट्र र जनता होईनन् विगतमा भएका उचित सहमतिलाई इमान्दारताको साथ कार्यान्वयन गराउन सकेमात्र पनि धेरै उपलव्धि प्राप्त गर्न सकिन्छ । राष्ट्र नै नरहेको अवस्थामा संविधान वा कुनै पनि राज्य व्यवस्थाको केही अर्थ या तुक रहदैन l असफल राष्ट्र बन्ने हो कि भन्ने अवस्थामा मुलुक धकेलियो भने के हुन्छ ? राष्ट्र नै नरहे हाम्रो अस्त्तिव हामीले कहाँ खोज्ने ? यस तर्फ राजनीतिक दलहरुले गम्भीर बन्नु पर्छ l सचेत बन्नु पर्दछ ।

संबिधानसभा बाट फेरी संबिधान नबनाउने सहमतिमा पुग्ने कि ? या ,संबिधानसभा द्वारा संबिधान बनाई अनुकरणीय उदाहरण भएका राष्ट्रबाट हामीले केहि सिक्ने कि ?

विजय थापा

Leave a Reply