काबुल घटनाबाट के पाठ सिक्ने नेपालले ? यसो भन्छन् फर्केर आएका नेपाली(भिडियो हेर्नुहोस)

वैदेशिक रोजगारी नेपाली युवा युवतीका लागि बाध्यताको रोजाई हो । वृद्ध बाबुआमा र काखे छोराछोरी छाडेर कठीन श्रमका लागि विदेशी भूमिमा पुगेका नेपालीहरु जब आतंककारीको निशानामा पर्छन, उनीहरुको पीडा झनै बढ्ने गर्दछ ।

इराक, अफगानिस्तान, सिरिया, लेवनान जस्ता द्वन्द्वग्रस्त मुलुकमा पुगेका नेपालीहरुको जीवन सुरक्षित छैन भन्ने ज्वलन्त उदाहरण हो, अफ्गानिस्तान घटना । आफ्नै आँखा अगाडि १२ जना दाजूभाई मारिएपछि जोखीम मोलेर काममा गरिरहनु भन्दा आफ्नै देश प्यारो भन्दै २४ जना नेपाली स्वदेश फर्केका छन्, दाजूभाईको शवसंगै ।

द्वन्द्वग्रस्त मुलुक भएकाले अफगानिस्तानमा अन्य देशहरुले आफना नागरिकको सुरक्षा प्रवन्धमा कुनै कमी हुन दिंदैनन । तर नेपालीहरुको अवस्था भने नितान्त फरक रहेको उनीहरुको अनुभव छ ।

Leave a Reply