यी हुन् नयाँ संविधानका विशेषता (भिडियोसहित)

सात दशक लामो संवैधानिक इतिहासमा पहिलोपटक नेपाली जनताले निर्माण गरेको ‘नेपालको संविधान २०७२’ मा कतिपय विशेषताहरु विगतकाभन्दा भिन्न र प्रगतिशील देखिएका छन् ।

नेपालको संविधान २०७२ विषयवस्तुका दृष्टिले पनि विगतका संविधानभन्दा बढी लोकतान्त्रिक र नागरिक अधिकार सम्पन्न देखिएको छ । नेपालको संवैधानिक इतिहासमा छैटौं संविधानको रुपमा रहेको यो संविधानको प्रमुख विशेषता भनेकै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हो ।

७ प्रदेशको संरचनासहित संघीय व्यवस्था, संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको राज्य सन्चालन व्यवस्था, संघीय र प्रदेश संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपति, सुधारिएको संसदीय शासन प्रणाली र दुई वर्षसम्म प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव ल्याउन नपाइने व्यवस्था पनि यो संविधानका मुलभुत विशेषताहरु हुन् ।

Courtesy: ImageChannel

Leave a Reply