सरकार मलाई पनि सहिद घोसणा गर

सरकार
समाचार मा देखे
सहिद को मूल्य तोकिदै छ रे
होल सेल मा सहिद घोसणा हुदै छ रे
मलाई पनि एउटा उपकार गर सरकार
मलाई पनि सहिद घोसणा गर

म आम नेपाली जनता
सामान्य व्यक्ति
कुनै मन्त्रि नचिनेको
कुनै उच्च पदस्त को नाता नलागेको
कतै केई पावर नभाको म नेपाली
बरु मलाई नि सहिद नै घोसणा गर

म पेट्रोल को लाइन मा घन्टौ बस्छु
ग्यास को लागि महिनौ कुर्छु
म थोत्रो बुस मा झुन्डिएर
ज्यान जोखिम मा राखेर काम मा जान्छु
म जेन तेन बाचेको नेपाली हु सरकार
म पनि जेउदो सहिद नै हु
एउटा सहिद मलाई नि घोसणा गर

म खाडी मा गएर पेलिएको नेपाली
अम्रिका मा गएर बिलिन भएको पर्देसी
म भारत पसेर दर्बानी गर्दै गरेको बहादुर
म देस मा नबसेर देस को लागि मरे तुल्य नेपाली
बरु मेरो अस्तिस्त्व नै छैन भन्दे सरकार
मलाई सहिद घोसणा गर्दे

सत्ता को लुछाचुडी हुदा
अख्तियार मा भ्रस्टचारी पस्दा
डा केसी बारम्बार अनसन बस्दा
म चुप चाप सहने नेपाली
मेरो भोट नेता को कुर्ची संग साटिदा लाइ
आफ्नो संसद लाइ किन सोध्न नसक्ने नेपाली
म हुनु र नहुनु को अर्थ नभए पछि
म किन ज्युदो छु भन्नु
बरु मलाई नि मृत घोसित गर्दे सरकार
मलाई नि सहिद को उपाधि दे सरकार

सुनेको छु सहिद नि पारि बाट ल्याउने रे
लाखौ नागरिकता बेचे जस्तो
सहिद को पद पनि बेच्ने रे
बस मा चेपिएर मरेको ,
ढुंगा हान्दा हान्दै मरेको
पुलिस लाइ जिउदै जालाउने
हग्ने पाध्ने सबै सहिद हुने भए
म मरी मरी बाचेको नेपाली खै
सरकार मेरो सहिद को पधवि खै !!

Leave a Reply