ग्यासको पाइपलाइन नै घरघरमा पुर्‍याइदिने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)

एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब ‘ग्यासको पाइपलाइन नै घरघरमा पुर्‍याइदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘ग्यासको सिलिन्डर बोकेर सडकमा दौडनुपर्ने युगको अन्त्य गर्दै’ घरघरमा पाइपलाइनबाट ग्यास पुर्‍याइदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफूले गर्न लागेका काम देखेर विरोधीहरु आत्तिन थालिसकेको भन्दै केही समयमै मुलुकको इन्धन संकट समाप्त पार्ने बताए ।

उनले डिजेलबाट चल्ने सवारी–साधनको सट्टा विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए ।

देश विकासका लागि आफूले विभिन्न योजना ल्याइरहेको भन्दै उनले त्यस्ता योजना साकार पारेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकका विभिन्न स्थानमा ‘फास्टट्रयाक’ निर्माणको काम सुरु गर्न लागिएको जानकारी पनि दिए ।

Imagekhabar

Leave a Reply